• ८ वैशाख २०८१, शनिबार

हाम्रो पात्रो रेमिट एक वर्ष पुरा

पहिलो वर्षमै डेढ अर्ब रेमिटेन्स भित्र्याए

blog

काठमाडौँ, मङ्सिर १६ गते । नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले सञ्चालनमा ल्याएको “हाम्रो पात्रो रेमिट” ले एक वर्ष पुरा गरेको छ । रेमिटले पहिलो वर्षमै एक अर्ब ५० करोड रुपैयाँ नेपाल भित्र्याएको छ ।

मोबाइल एप हाम्रो पात्रो प्रति प्रयोगकर्ताहरूको विश्वास र हाम्रो पात्रो रेमिटबाट नेपाल पैसा पठाउन सहज अनि सरल भएको हुँदा पहिलो वर्षमै हाम्रो पात्रो रेमिट मार्फत उत्साहजनक रेमिटेन्स नेपाल भित्रिएको रेमिटको सिइओ सुदिना गौतमले बताउनुभयो । उहाँका अनुसार सुरुवातको पहिलो वर्षमै एक अर्ब ५० करोडको ठुलो आँकडा पार गरेको हुँदा हाम्रो पात्रो रेमिटका टिम निक्कै उत्साहित छन् ।

पछिल्लो ३ महिनामा रु. ५० करोड रेमिटेन्स भित्राएको हाम्रो पात्रो रेमिटले गत महिनामा मात्रै रु २० करोड रेमिटेन्स भित्राएको छ । पछिल्लो महिनाहरूमा भएको उल्लेख्य वृद्धि देख्दा अबका केही महिनाहरूमा यो रकम अझ बढ्ने अनुमान गर्न सकिन्छ । अहिले अमेरिकामा मात्र सुचारु भएको हाम्रो पात्रो रेमिटबाट स्वदेश पैसा पठाउँदा तुलनात्मक रूपमा अन्य रेमिटहरूभन्दा धेरै रेटमा पैसा पठाउन सकिन्छ । “अस्ट्रेलिया, जापान लगायतका देशहरूमा यो सेवा कहिलेबाट सुरु हुँदै छ भनेर धेरै प्रयोगकर्ताहरूको जिज्ञासा छ । हामी बिस्तारै नै अन्य देशहरू पनि समेट्दै लानेछौँ । अब अमेरिकापछि अस्ट्रेलियामा भने यो सेवा छिट्टै सुरु हुँदै छ । अस्ट्रेलियाका प्रयोगकर्ताहरूलाई यो खबर सुनाउन उत्साहित छौँ” सिइओ सुदिना गौतमले थप्नुभयो ।

त्यसबाहेक, हाम्रो पात्रो रेमिटमा भर्खर मात्र शुरु भएको इन्स्ट्यान्ट पे सुविधा अहिले प्रयोगकर्ताहरूको लागि प्रमुख आकर्षण बनिरहेको छ । यो सुविधा अन्तर्गत प्रयोगकर्ताहरूले नेपालमा पठाउनु भएको पैसा आफन्त तथा साथीभाइहरूले आफ्नै बैंक खातामा २४ घण्टा भित्र नै पाउनु हुनेछ । हाम्रो पात्रोले अब छिट्टै सार्वजनिक गर्न लागेको “हाम्रो पे” डिजिटल वालेट आएपछि प्रयोगकर्ताहरूले विदेशबाट स्वदेशमा भएको आफन्तको हाम्रो पे खातामा तुरुन्तै पैसा पठाउने मिल्ने जनाएको छ । अहिले डिजिटल वालेट “हाम्रो पे” भने सार्वजनिक हुने अन्तिम चरण रहेको समेत कम्पनीले जनाएको छ ।