तथ्याङ्क विश्वसनीय नभएपछि राष्ट्र बैंकले रोक्यो घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण
विश्वसनीय तथ्याङ्कको अभाव भएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न बन्द गरेको छ। तीन/तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्नेगरी अघिल्लो वर्ष मङ्सिरदेखि सुरु गरिएको उक्त सर्वेक्षण रोकिएको हो।
सुन्तला टिप्न व्यस्त किसान (फोटो फिचर)
धनकुटामा रहेको राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रमा स्थानीयहरू सुन्तला टिप्न व्यस्त छन् । विभिन्न सुन्तला जातका बिरुवा तथा सुन्तला अनुसन्धान गर्नका तथा सुन्तला उमार्न तालिम तथा माटो अनुसारको सुन्तला हुर्काउन यो केन्द्रले काम गर्दै आएको छ । यहाँबाट उत्पादित सुन्तला बजारमा उत्कृष्ट मानिन्छ ।
कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने
कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
सुन्तला नबिकेपछि जुस तयार
जिल्लाको सिस्ने गाउँपालिका–७ र ८ मा उत्पादन भएको सुन्तलाले बजार नपाएपछि किसानहरुले खेर जान नदिएर जुस तयार गरेका छन् । यस वर्ष यहाँ सुन्तला उत्पादनमा वृद्धि भए पनि पर्याप्त बजार पाउन नसकेको जनाएको छ ।
ब्याजदर वृद्धिको विरोधमा प्रदर्शनी
विराटनगरका तीन व्यापारिक तथा औद्योगिक संस्थाले सोमबार नेपाल राष्ट्र बैङ्कको प्रादेशिक कार्यालयअगाडि धर्ना दिँदा दैनिक कामकाज प्रभावित भएको छ । ब्याजदर घटाउन माग गर्दै आन्दोलनरत उद्योगी व्यवसायीले बिहानैदेखि कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका हुन् । गत बिहीबारदेखि मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ प्रदेश १ समिति आन्दोलनमा उत्रिएका हुन् । पाँचसूत्रीय माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका उद्योगीका संस्थालाई अन्य विभिन्न व्यापारिक सङ्घ र संस्थाको साथ रहेको छ ।
स्याङ्जामा दशककै बढी सुन्तला उत्पादन, एक अर्ब १४ करोडको बिक्री
सुन्तला उत्पादनमा अग्रणी जिल्ला स्याङ्जामा यस बर्ष सुन्तलाको उत्पादन अत्यधिक रूपमा वृद्धि भएको छ । यहाँ यस वर्ष एक अरब १४ करोड बराबरको सुन्तला उत्पादन भएको छ । यो गत वर्ष भन्दा ३८ करोड ६८ लाखको सुन्तला बढी हो ।
सहकारी बैङ्कको तरलता आठ अर्बमाथि
समग्र सहकारी क्षेत्रको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कमा आठ अर्ब आठ करोड १० लाख रुपियाँ तरलता पुगेको छ । बैङ्कमा तरलता १९.८६ प्रतिशतले भएको छ । गत कात्तिकको तुलनामा मङ्सिर महिनामा बैङ्कको तरलता १९.८६ प्रतिशतले बढोत्तरी भई आठ अर्ब आठ करोड १० लाख रुपियाँ पुगेको हो । कात्तिकमा बैङ्कसँग सात अर्ब ४८ करोड ६४ लाख (१८.३९ प्रतिशत) तरलता रहेको थियो ।
म्याग्दीको तातोपानीमा नुहाउनेको भीड
पछिल्लो समय म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेहरूको सङ्ख्या बढेको छ । बेनी नगरपालिका–४, सिङ्गा स्थित तातोपानी कुण्डमा स्नान गर्नेहरू सर्वसाधारण, बिरामी र पर्यटकको सङ्ख्या बढेको हो ।
धुञ्चेमा वाणिज्य बैंकको शाखा स्थापना
राष्ट्रिय वाणिज्य बैङ्कले हिमाली जिल्ला रसुवाका स्थानीय बासिन्दालाई आफ्नो सेवा प्रदान गर्न धुञ्चेमा शाखा विस्तार गरेको छ ।