• ११ मंसिर २०८१, मङ्गलबार

मौद्रिक नीति : शेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर

blog

मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गर्भनर महाप्रसाद अधिकारी । तस्बिर : कविन अधिकारी

काठमाडौं, साउन ६ गते। नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर गरेको छ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम शेयर धितो कर्जाकोे सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताउनुभयो। 

उहाँले यसअघि शेयर धितो राखि एउटा संस्थाबाट चार करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताउनुभयो। 

मौद्रिक नीतिले शेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। शेयर धितो कर्जामा एउटा बैंकबाट चार करोडमात्र ऋण लिन पाउने सीमा खारेज गरेको छ। 

अब समग्रमा १२ करोडको सीमामात्र लागू हुने भएको छ। २५ लाखसम्मको सीमामा जोखिमभार १ सय प्रतिशत र त्यसभन्दा माथिमा १५० प्रतिशत कायम गरेको छ। मर्जर तथा एक्विजिसनमा जाँदा शेयर कारोबार रोक्का राखिने  व्यवस्था खारेजसमेत गरिएको छ।