• १५ वैशाख २०८१, शनिबार

सिद्धार्थ बैङ्क सम्मानित

blog

काठमाडौँ, साउन १० गते  । सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष सन् २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सो अवार्ड प्रदान गरेको हो ।

अवार्ड शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रूपमा सिद्धार्थ बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई हस्तान्तरण गर्नुभयो ।