• ११ मंसिर २०८१, मङ्गलबार

एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

blog

काठमाडौं, साउन ६ गते । नेपाल एसबिआई बैंक र हेफर इन्टरनेशनल नेपालबीच महिला उद्यमी तथा साना किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम  र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कृषि तथा पशुपालनसम्बन्धि क्षेत्रहरु जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृङ्खलामा संलग्न महिला उद्यमी तथा साना किसानहरुलाई सहज ढङ्गले वित्तीय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको हो । यस साझेदारीको मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकाश र विस्तारमा केन्द्रित गर्ने रहेको छ । 

उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानिय सरकार पनि आवद्धय रहेका छन् । कृषि सहकारी वा स्थानिय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरी बैंकसँग जोड्न सहज बनाउने छन् । साथै, समाजमा उच्चस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ५१ जिल्लामा रहेका शाखा कार्यालयबाट फराकिलोे पहुँच रहेको एसबिआई बैंकद्वारा उक्त सम्झौता अनुरुप करिब १५ हजार उद्यमीलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेे विश्वास लिइएको छ ।