• ३ साउन २०८१, बिहिबार

ब्रान्ड एम्बेसडरमा मिस नेपाल

blog

काठमाडौँ, साउन ११ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल वल्र्ड–२०२२ प्रियङ्कारानी जोशीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

बैङ्क र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नुभयो ।बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैङ्कले प्रवाह गरिरेको बैङ्किङ सेवाबारेमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न मिस नेपाललाई नियुक्त गरिएको बताउनुभयो ।