• ४ साउन २०८१, शुक्रबार

शाखारहित बैङ्किङ सेवा विस्तार

blog

सोलुखुम्बु समाचारदाता 

सोलुखुम्बु, साउन १२ गते । सोलुखुम्बुको थुलुङदूधकोसी गाउँपालिका–८, देउसा बुडिडाँडामा लक्ष्मी बैङ्कको शाखारहित बैङ्किङ सेवा विस्तार भएको छ । 

सो गाउँपालिकाको वडा नं. ७ र ८ को सामाजिक सुरक्षा भत्तालगायत अन्य वित्तीय सुविधालाई ध्यानमा राखेर शाखारहित बैङ्किङ सेवा सुरु गरिएको वडाध्यक्ष राजेश राईले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष असीम राईले सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउने प्रयास भइरहेको बताउनुभयो । सामाजिक सुरक्षा वितरणलाई पारदर्शी बनाउने गरी बैङ्किङ प्रणाली लागू गरेको भए पनि भौगोलिक हिसाबले समस्या आएको उहाँले बताउनुभयो ।