• १५ असार २०८१, शनिबार

मेगा बैङ्क १३औँ वर्षमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ८ गते । मेगा बैङ्क नेपाल लिमिटेड १३औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मेगा बैङ्क नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले मेगा बैङ्कले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समयमै कतिपय बिधामा अग्रणी बैङ्कका रूपमा स्थापित हुन पुगेको बताउनुभयो । उहाँले साना तथा मझौला उद्योग तथा व्यवसायअन्तर्गत कृषि, लघुवित्त, महिला उद्यम कर्जा, विपन्न क्षेत्र कर्जासँग सम्बन्धित विधामा महìवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

कार्यक्रममा बैङ्ककी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैङ्क एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैङ्कका रूपमा स्थापित भएको दाबी गर्नुभयो । उहाँले शिक्षामा बालिकाको पहुँचलाई स्थापित गर्न बैङ्कले “एक शाखा दुई छोरी” कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत छात्रालाई छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिनुभयो । 

बैङ्क चुक्ता पुँजीका हिसाबले ७औँ स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैङ्कको कुल निक्षेप एक खर्ब ५६ अर्ब र कुल कर्जा एक खर्ब ५० अर्ब छ । ६१ जिल्लामा २०८ शाखा सञ्जाल, १४५ वटा एटीएम, २५ वटा एक्स्टेन्सन काउन्टर र ६० वटा शाखारहित बैङ्किङ सेवामार्फत १४ लाख ७५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैङ्कले जनाएको छ ।

बैङ्कले वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपियाँ सहयोगसमेत गरेकोे छ ।