• १४ मंसिर २०८१, शुक्रबार

रावा बैङ्कको फुल डबल मुद्दती योजना

blog

काठमाडौँ, साउन १६ गते । राष्ट्रिय बैङ्क लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । 

ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम छ वर्ष सात महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधिको अन्त्यमा बैङ्कले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्ने जनाएको छ । योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् ।

यो मुद्दती खाता खोल्ने ग्राहकले लकर सेवामा शतप्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउने तथा डेबिट कार्ड, मोबाइल बैङ्किङ सेवामा सुरुको वर्ष निःशुल्क र बाँकी अवधिको शुल्कमा ५० प्रतिशत छुटलगायत अन्य आकर्षक सुविधा पनि प्रदान गरिने बैङ्कले जनाएको छ ।