• २१ चैत २०८२, शनिबार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, चैत २१ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६२ पैसा र बिक्रीदर १७२ रुपियाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ७६ पैसा र बिक्रीदर १९७ रुपियाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ २२ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ७१ पैसा र बिक्रीदर १०३ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ७६ पैसा र बिक्रीदर १०७ रुपियाँ १९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ६५ पैसा र बिक्रीदर ११६ रुपियाँ ११ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ६१ पैसा र बिक्रीदर २१ रुपियाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ५९ पैसा र बिक्रीदर ३९ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७८ पैसा र बिक्रीदर ४० रुपियाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५७ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४८ पैसा र बिक्रीदर ४० रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८८ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८५ पैसा र बिक्रीदर ०९ रुपियाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७६ पैसा र बिक्रीदर १५ रुपियाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९६ पैसा र बिक्रीदर २३ रुपियाँ ०६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९७ पैसा र बिक्रीदर १९ रुपियाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपियाँ ५० पैसा र बिक्रीदर ४८६ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपियाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपियाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपियाँ २१ पैसा र बिक्रीदर ३८७ रुपियाँ ७६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस