• ३ साउन २०८१, बिहिबार

एक वर्षमा स्रोत नखुलेको एक करोड बयानब्बे लाख रुपियाँ बरामद

blog

ढल्केवर, साउन ११ गते । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले एक वर्षको अवधिमा स्रोत नखुलेको एक करोड ९२ लाख ६५ हजार ३२० रुपियाँ बरामद गरेको छ । 

प्रहरीले आर्थिक वर्ष ०७८/०७९ मा प्रदेशको विभिन्न जिल्लाको विभिन्न स्थानबाट स्रोत नखुलेको उक्त रुपियाँ बरामद गरेको हो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले एकवर्षमा विभिन्न १४ वटा घटनाबाट उक्त स्रोत नखुलेको रुपियाँ बरामद भएको बताउनुभयो । 

उहाँले अवैध वित्तीय कारोबार तथा स्रोत नखुलेको रकम ओसारपसारमा संलग्न ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि जानकारी दिनुभयो । नियन्त्रणमा लिएकामध्ये आरोप ठहर भएका १७ जनामाथि मुद्दा चलाइएको छ । बरामद रकम भन्सार कार्यालयमा बुझाइएको छ । नेपाल र भारतको सीमा क्षेत्रमा हुन्डीमार्फत कारोबार हुने गरेकाले स्रोत नखुलेका रुपियाँ बरामद हुने गरेको छ,  प्रवक्ता तथा प्रहरी उपरीक्षक कार्कीले भन्नुभयो । 

सशस्त्र प्रहरी वा अन्य निकायले बरामदको गरेको अवैध रकम यसमा समावेश गरिएको छैन । उहाँहरुले आफ्नै प्रतिवेदन तयारी गर्ने गरेकाले यसमा समावेश नगरिएको उहाँले जानकारी दिनुभयो । 


Author

विजयकुमार साह