• २५ कात्तिक २०८२, मङ्गलबार

मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण

blog

पदभार ग्रहण गर्दै मुख्यमन्त्री सरोजकुमार यादव । तस्बिरः मुख्यमन्त्रीको सचिवालय

धर्बेन्द्र झा  

जनकपुरधाम, कात्तिक २५ गते । कडा सुरक्षाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । 

आज मधेश भवनस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेका मुख्यमन्त्री यादवलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका निमित सचिव लालवावु कवारीले पदभार ग्रहण गराउनुभयो । 

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले मधेश आन्दोलनका शहिदहरुलाई मधेश रत्न सम्मानबाट सुशोभित गर्ने निर्णय गर्नुभएको छ । मुख्यमन्त्री पदभार ग्रहण गरी रहँदा मधेश भवन बाहिर मधेशवादीसहित सात दलका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । 

सो क्रममा प्रहरी र प्रदर्शनकारीबिचमा झडप समेत भएको थियो । स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको थियो ।