• २२ असार २०८१, शनिबार

नयाँ नोट सटही भदौको अन्तिम साताबाट

blog

काठमाडौं, भदौ २० गते । राष्ट्र बैङ्कले यस वर्षको दसैँ, तिहार र छठ पर्वका लागि करिब १० अर्बको नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको छ ।

मुद्रा व्यवस्था विभाग प्रमुख रेवतीप्रसाद नेपालले यो वर्षको दसैँ, तिहार र छठ पर्वका लागि भदौ अन्तिम सातादेखि नयाँ नोट सटही सुविधा प्रदान गर्ने जानकारी दिनुभएको हो ।

बैङ्कले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही सुविधा प्रदान गर्ने जनाएको छ ।

नयाँ नोट सटहीका लागि राष्ट्र बैङ्कले भदौ २६ देखि बैङ्क तथा वित्तीय संस्थाहरूलाई सुविधा प्रदान गर्ने छ भने सर्वसाधारणका लागि भदौ २९ वा असोज २ गतेदेखि नयाँ नोटको सटही सुविधा दिने आन्तरिक तयारी भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई दुईदेखि पाँच करोड रुपियाँसम्म नयाँ नोट सटही सुविधा दिने छ ।

गत वर्ष जस्तै सर्वसाधारणले यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपियाँसम्मका नयाँ नोट साट्न पाउने छन् । यो पाँचदेखि एक सय रुपियाँसम्मको एक–एक वटा बन्डल हो ।