कवि नवीन प्राचीनको कविता सङ्ग्रह ’प्वाँख’ बजारमा आएको छ । नेपालयले प्रकाशन गरेको सङ्ग्रहमा कविले कोमलता र करुणालाई कवितामा उतार्नुभएको छ । सङ्ग्रहमा ८७ कविता सङ्ग्रहित छन् ।
अखिल नेपाल फुटबल खेलाडी सङ्घले बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई पछिल्लो समय अवसरका खोजीमा खेलाडी बिदेसिने क्रम बढेकाले त्यस विषयमा गम्भीर हुन अनुरोध गरेको छ । खेलाडी सङ्घले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू विदेश जाने क्रम बढेको र यसलाई रोक्न यथाशीघ्र क्लब फुटबलको कार्यक्रमलाई सार्वजनिक गर्न ध्यानाकर्षण गराएको छ । खेलाडी सङ्घले एन्फासँग फुटबलको विकासमा हातेमाले गरेर सहकार्य गर्ने इच्छा जाहेर गरेको छ । सो अवसरमा खेलाडी सङ्घले पछिल्ला समय खेलाडीको राष्ट्रिय योगदानका अवमूल्यन भइरहेको र गतिविधि र कार्य सन्तोषजनक नभए
तपाईंसँग सबैभन्दा बहुमूल्य वस्तु के छ ? मोबाइल फोन नै हो। अहिले म रेडमीको एन्ड्रोइड फोन प्रयोग गरिरहेकी छु। यदि घर छाडेर जानु पर्दा एउटा वस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
बजारमा खाने तेलको मूल्यमा सस्तो भएको भनिए पनि उपभोक्ताले भने घटेको मूल्यमा तेल पाउन सकेका छैनन् । उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारमा नपुगेकाले उपभोक्ताले घटेको मूल्यमा तेल नपाएका हुन् ।
जुम्लाको हिमा गाउँपालिका- १ स्थित भित्रीखोला लघुजलविद्युत आयोजनाको पावर हाउस पहिरोले पुरिदा आमा सहित तीन जनाको मृत्यु भएको छ ।
भावी राजाको बलशाली पकडले मात्रै निस्कने गरी पत्थरमा गाडिएको तरबार राजा आर्थरसँग जोडिएका मिथकको एक महìवपूर्ण पक्ष मानिन्छ । प्रश्न उठ्छ, ब्रिटेनको विच्छृङ्खल अन्धकार युगको धूम्म त्यस्तो केही ऐतिहासिक आधार छ, जसमा कैयौँ इतिहासवेत्ता, लेखक र खजाना खोजकर्ता मथिङ्गल गरिरहेका छन् । कोही मानिस थियो वा कुनै स्थान, आर्थरको कुनै अंश भेटिन्छ कि भनेर अन्तहीन विश्लेषण अझै थामिएको छैन ।
पर्यटकीय मार्गका रूपमा परिचित हेक्पा खोलादेखि न्यालुलेकहुँदै लिमीको तुम्लिङसम्मको सडक सञ्चालनमा आएको छ। हिमपातले छ महिनादेखि अवरुद्ध हुँदै आएको सो सडकको मर्मत कार्यपछि सडक सुचारु भएको हो।नाम्खा गाउँपालिका–६, हिमालपारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले गत मङ्सिरमा भएको हिमपातपछि अवरुद्ध हुँदै आएको हेक्पा खोलादेखि न्यालुलेकहुँदै तुम्लिङसम्मको पर्यटकीय सडक सञ्चालनमा आएको बताउनुभयो। हिमपातपछि हिम पहिरोका कारण सो सडक अवरुद्ध थियो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उहाँ दिल्ली जान लाग्नुभएको हो ।भाजपाद्वारा शनिबार आयोजना हुने ‘नेपाल–भारत सम्बन्धका विभिन्न आयाम’ विषयक कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुनुहुने उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो
पशुपतिनगरका स्थानीय मिलन क्षेत्रीलाई सधैँ सिमानाको समस्याले पिरोली रहन्छ । सिमाना सम्बन्धी बोल्नु परेमा उहाँ धक फुकाएर बोल्ने गर्नुहुन्छ । इलाम जिल्लाको नेपाल–भारत ५२ दशमलव ५ किलोमिटर सिमानाको अवस्था क्षेत्रीलाई एक–एक याद छ । उहाँ भन्नुहुन्छ, “सिमानाको पीडा सिमानामै बसेर गरी खानेलाई मात्र थाहा हुन्छ, माथिका त आउँछन् घुमेर जान्छन् ।”
ग्लोबल आईएमई बैङ्क लिमिटेड ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ बेस्ट बैङ्क नेपाल २०२२’ बाट सम्मानित भएको छ ।बुधबार बेलायतको लन्डनमा आयोजित एक कार्यक्रममा ग्लोबल आईएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्यले उक्त अवार्ड ग्रहण गर्नुभएको हो । सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो ।
राष्ट्रिय सभाका सदस्यले मुलुकको आर्थिक अवस्था निरन्तर ओरालो लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले बिहीबारको बैठकमा देशको अर्थतन्त्रको खराब चित्र देखिन थालेको हो कि भन्दै तत्काल सुधारका कार्यक्रम ल्याउन सरकारसँग आग्रह पनि गर्नुभएको छ । सांसद भैरवसुन्दर श्रेष्ठले मुलुक आर्थिक रूपमा जटिल अवस्थामा पुगेको भन्दै मुलुकलाई आर्थिक निकास दिन राजनीतिक पार्टीबीच सहमति जुट्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको कामले गति लिएको छ । रेल मार्गअन्तर्गत महोत्तरीको बर्दिबासदेखि सर्लाही, रौतहट हुँदै बाराको चोचासम्म अर्थात् बर्दिबास–चोचा खण्डमा रेल मार्गसँगै पुल निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको हो । बर्दिबास–चोचा खण्डको ७० किलोमिटरमा साना–ठूूला गरी करिब दुई दर्जन पुल निर्माण भइरहेको रेल योजना कार्यालय लालबन्दीका इन्जिनियर सुरेशप्रसाद साहले जानकारी दिनुभयो ।
बाजुराको साँफे–मार्तडी लोकमार्गअन्तर्गत पर्ने अम्कोट सडक पुन अवरुद्ध बनेको छ । गत बुधबार राति परेको अविरल वर्षाका कारण तलबाट पहिरो बग्न सुरु भएपछि अम्कोट सडक अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार वर्षाका पानीका कारण अम्कोट सडक भासिएर झन्डै बाइस फिट तल पुगेपछि अम्कोट सडक अवरुद्ध बनेकोे छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्यबहादुर थापाले लगातार परेको पानीका कारण सडक पूरै पहिरोमा परिणत भएपछि यसलाई पुनः सञ्चालन गर्न अझै समय लाग्ने बताउनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । विमानस्थल सञ्चालनले यहाँका पर्यटन व्यवसायीलाई खुसीसँगै चिन्ता थपिदिएको छ । ठूला जहाज आउजाउ गर्दा प्याराग्लाइडिङको भविष्य के होला भन्ने कुरामा व्यवसायी चिन्तित हुन थालेका हुन् ।
माग्ने बेरितले सरकारी धन खर्चने प्रवृत्तिमा सुधार आउन सकेको छैन भन्ने कुरा बर्सेनि बढ्दो बेरोजगारीले देखाइरहेको छ । सरकारी तथा सार्वजनिक कार्यालयमा प्रचलित आर्थिक नियम, कानुनको परिधि बाहिर गएर खर्च गर्ने प्रवृत्तिमा दरिलो नियन्त्रण हुन नसकेकै फलस्वरूप बर्सेनि बेरुजुमा बढोत्तरी हुँदै गएको हो । अनियमित तवरले खर्च गर्ने अनि खर्चको हिसाबकिताब कानुनसम्मत ढङ्गबाट नराख्ने प्रवृत्ति मौलाउँदो छ । पेस्कीस्वरूप लिइएको रकमको फछ्र्यौंट नगर्ने कार्यबाट मुलुकमा बेरुजुको मार र भार बेपत्ताले बढ्दै गएकोले आर्थिक सुशासन जटिल बन्दै गएको छ । यसको प्रत्यक्ष असर मुलुकको साधन र स्रोतमा परिरहेको छ ।