राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (मङ्गलबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
नेपालमा दुई करोड ५० लाख अमेरिकी डलर बराबरको ‘स्वास्थ्य प्रणालीको सुदृढीकरण सम्बन्धी परियोजना’ सुरु भएको छ ।
महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगियो ।
जगननथिया, भेँरुवा, पीठगुन्नी, बथवा, सपलेहरी, जखवा–जखीनियाँ, मदुवा इत्यादि । यी सबै थारु समुदायका फरक–फरक कुलघरानले मान्ने कुलदेवता हुन् र छुट्टाछुट्टै स्थानमा हुन्छन् ।
उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् ।
बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेसन निर्माण गर्न लागिएको छ ।
हे युवा शक्ति अब त उठौँ है, हे युवा शक्ति अब त जुटौँ है । देश बनाउनलाई उठौँ है, नेपाल आमालाई बचाउनलाई उठौँ है ।
विजय स्मारक मााध्यमिक विद्यालयबाट फागुन १९ गते कक्षा ४ का हामी सम्पूर्ण विद्यार्थी शैक्षिक भ्रमणमा गोदावरी गएका थियौँ । सबै विद्यार्थी ९:३० मा विद्यालयको प्राङ्गणमा जम्मा भयौँ । कक्षा शिक्षक सुस्मिता राणा म्यामले हाजिरी गराउनुभयो । शिक्षकले लाइनमा उभ्याउनु भयो । सबै जानाको आइडेन्टी चेक गर्नुभयो । १०:५० मा गाडी चढ्यौँ । १ घन्टा ३० मिनेट गाडीको यात्रा गरेपछि गोदावरी पुग्यौँ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले कर्मचारीलाई तालिम प्रदान गरेको छ । बैङ्कले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट बागमती र गण्डकी प्रदेशका लागि छनोट भएका नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जनालाई तालिम प्रदान गरेको छ ।
सजिलो रेन्टलले नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइटमार्फत ग्राहकहरूले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरूले सजिलै गाडी भाडामा दिन सक्ने व्यवस्था गरिएको छ । सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरूलाई सफा, स्वच्छ र आरामदायी कार, जिप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको छ । कम्पनीका संस्थापक दामोदर फुयालले परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु प-यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अल्लमल्ल हुने समस्या समाधान हुने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका सामु जटिल चुनौती रहेकाले जनताका पक्षमा परिणाममुखी काम गन मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतीक्षित स्टार्टअप नीति तत्काल पारित गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई आग्रह गरेको छ । महासङ्घका प्रतिनिधिहरूले सोमवार नवनियुक्त मन्त्री रिजाललाई शुभकामना तथा बधाई दिन गएका बेला सो आग्रह गरेको हो । मन्त्री रिजाले निजी उद्योगी व्यवसायले राखेको सुझावलाई कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले स्टार्टअप नीतिबारे सबैसँग सल्लाह गरी पारित गर्ने आश्वासन दिँदै व्यवसायीको मनोबल बढाउन मन्त्रालयले निरन्तर सहयोग/सहकार्य गर्ने धारणा राख्नुभयो ।
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको बेरुजु २१ करोड रुपियाँ पुगेको छ। बेरुजु घटाउनु पालिकाका लागि निकै चुनौती बन्दै गएको छ। नगरप्रमुख पुष्प बादीका अनुसार हरेक वर्ष बढ्ने बेरुजु नगरपालिकाका लागि टाउको दुखाइको विषय बनेको छ। चौरजहारी मात्रै होइन, अहिले कर्णाली प्रदेशका अधिकांश पालिका बेरुजुको चपेटामा छन्। नगरप्रमुख बादीले भन्नुभयो, “माथिबाट पर्याप्त दरबन्दी खटाइएको छैन। करारमा कर्मचारी राख्दा बेरुजु देखिन्छ।”
सल्यानको प्रसिद्ध धार्मिक स्थल खैराबाङ भगवतीको मन्दिरमा सात सय पशु बलि चढाइएको छ। चैतेदशैँको अवसरमा पाँच दिनको अवधिमा मन्दिरमा बोका, भेडा र राँगा गरी सात सय पशु बलि दिइएको खैराबाङ भुवनेश्वरी मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।