राष्ट्रिय गौरवका परियोजनाअन्तर्गत सञ्चालित आयोजनाको लागत र समय वृद्धि भएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा ढिलाइ भएको औँल्याएको हो ।
भारतले बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूका लागि राहत सामग्री हस्तान्तरण गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोटमा चट्याङ लागेर एउटै घरका चारजना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिका १० घारीखोलाका गोपाल केसीको घरमा विहीबार बेलुका चट्याङ लागेको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेशले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै बिहीबार १२औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, नौ रजत र २० कांस्य पदक हात पा-यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, नौ रजत
अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका–२ घट्टेखोलाको भीषण बाढीले तातोपानी नाका जोड्ने सडक क्षतिग्रस्त भएको छ । नेपाल–चीन तातोपानी नाका जोड्ने कोदारी लोकमार्गको बिभिन्न खण्डमा सडक माथिबाट आएको बाढी र भेलले उक्त सडक क्षतिग्रस्त भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । जसअनुसार प्रदेश १ को विराटनगर, मधेश प्रदेशको बर्दिवास, बागमतीको रामपुर चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर केन्द्र स्थापना हुने भएका छन् ।
प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेश १ मा पहिलो पटक इटहरी चोकमा ट्राफिक लाइट जडान गरिएको छ । इटहरी उपमहानगरपालिका–६ को कार्यालयको सक्रियतामा प्रदेश सरकारअन्तर्गतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको २६ लाख रुपियाँको सहयोगमा ट्राफिक लाइट जडान गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले धनगढी उपमहानगरपालिकालाई २५ लाख ५३ हजार रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्न प्रदेश सरकारले सो सहयोग गरेको हो ।
बाजुराको त्रिवेणी नगरपालिकाको वडा नं –८ ले वडाका एकल तथा विपन्न परिवारका महिलालाई प्रोत्साहन गर्न सुत्केरी भत्ता वितरण गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको न्युकाम्बुस्डन क्रिकेट मैदानमा नेपाललाई घरेलु टिमले सजिलै हराउने अपेक्षा गरिएको थियो । सो मैदानमा गत आइतबार स्कटल्यान्डले नामिबियाविरुद्ध शानदार जित हात पारेको थियो भने नेपाललाई नामिबियाले नराम्ररी पछारेको थियो तर सबै समीकरणलाई उल्ट्याउँदै नेपालले स्कटल्यान्डविरुद्ध पाँच विकेटको ठूलो सफलता हात पारेको छ । नेपाल र स्कटल्यान्डबीचको यो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल हो । त्यसैले पनि नेपालका लागि यो जित ऐतिहासिक बनेको छ ।
डार्क सिनेमा अर्थात् फिल्म न्वा अर्थात् सन् १९४० देखि १९५९ सम्म निर्माण भएका विशेष गुणले युक्त अपराध चलचित्रहरू । फिल्म माने चलचित्र अनि न्वा माने कालो । ‘फिल्म न्वा’ नामकरण गरिदिएका थिए फ्रान्सेली चलचित्र समालोचक निनो फ्राङ्कले । कालो चलचित्र नाम यसकारण कि ती सब चलचित्र मानव समाजको, मानव मनको अन्धकार पक्षमाथि केन्द्रित हुने गरेको पाइयो ।
गायक कृष्ण काफ्ले आफैँमा एउटा ब्रान्ड हुनुहुन्छ । अहिलेको युवापुस्तामाझ जमेका गायकका रूपमा उहाँ चिनिनुहुन्छ । नेपाली गीत–सङ्गीतको कला संस्कृतिलाई प्रवद्र्धन गर्ने क्रममा उहाँले तीन दर्जनभन्दा बढी देशमा आफ्नो प्रस्तुति प्रस्तुत गरिसक्नुभएको छ । तीन सयभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएका गायक काफ्ले युवामाझ मात्र नभएर वृद्धवृद्धा र बालबालिकामा समेत चर्चित हुनुहुन्छ । उहाँ देश–विदेशमा हुने कार्यक्रमका लागि रोजाइमा पर्ने एक सर्वोत्तम गायक हो । उहाँ गायनमा आउनुअघिको कथा भने अलि फरक छ । उ
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले छहरा स्वास्थ्य चौकीमा निःशुल्क अल्ट्रा साउण्ड सेवा सुरु भएको छ ।
वास्तवमा अमेरिका आएपछि थाहा भयो समरको महत्त्व । नेपालमा हुँदा हिउँद मन पराउने मान्छे म । हिउँदका दिनहरू एकदमै मन पथ्र्यो मलाई । तोरी फुलेको फाँटमा हिउँदका गोधुली साँझहरूसँग बिछट्टै लगाव छ मेरो । तर यहाँ आएपछि पो थाहा भयो किन मान्छेहरू ‘आई लभ समर’ भन्छन् भनेर । २०१३ को डिसेम्बरको यौटा घमाइलो दिनमा सियाटल आइपुगेथेँ । पहिलो पटक नेपालबाट अमेरिका आउँदा । त्यतिबेला सबैले भनेको सम्झन्छु ‘महिनामा १–२ पटक घामको मुख देख्न पाउने ठाउँमा आउँदा पनि आइपुगेकै दिन घाम देख्न पायौ । लक्की रहेछौ ।’ सियाटलमा त्यतिबेला ३, ४ महिनासम्म देखेको दिक्कलाग्दो हिउँदेझरी । न्युजर्सी, न्युयोर्क र बोस्टनतिरका चिसा र हिउँ पर्ने दिनहरूले विन्टरप्रतिको वितृष्णा सजिलै थाहा पाउन सकिन्थ्यो । समरका लामा लामा घमाइला, रमाइला दिनहरूप्रतिको प्यार बुझ्न कठिन भएन ।
तानसेनका सफल व्यापारी दीपक पाण्डेको परिचय आजभोलि फरक भएको छ । सफल व्यापारी र उद्योग वाणिज्य संघको व्यक्ति भनेर चिनिएका रिब्दिकोट गाउँपालिका– २ भुटुकाका दिपक पाण्डेलाई आजभोली कृषक भनेर चिन्न थालेका छन् ।