उपाधि दौडमा रहेको सातदोबाटो यूथ क्लबलाई हराउँदै जावलाखेल शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।
आफूमाथि लागेको फौजदारी आरोपको सामना गर्न पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडाबाट न्युयोर्क आइपुग्नु भएको छ ।
मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिनुभएको हो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने पहल भइरहेको बताउनुभएको छ।
शिक्षण पेसासँगै गुल्मीका एक शिक्षक मौरीपालन व्यवसायमा लाग्नुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौर रैयाका रोमनाथ अर्यालले विद्यालय समयपछिको फुर्सदको समयमा कृषिलाई पनि उत्तिकै प्राथमिकता दिनुभएको छ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरीले उच्च पेसागत दक्षता प्रदर्शन गरी राज्यको अब्बल सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताउनुभएको छ ।
टोट्टनहाम र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । सोमबार राति भएको खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको अध्यक्षमा पासाङ शेर्पा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस भएको छ । आज (मङ्गलबार) बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले सो प्रतिवेदन पेस गर्नुभयो ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसदमा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । मङ्गलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नमिल्ने भएको हो ।
राष्ट्रिय सभाका सांसद नारायणप्रसाद दाहालले सङ्घीयता, गणतन्त्र पक्षधर शक्तिहरुबीचमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
फिल्म 'ब्रह्मास्त्र'को पहिलो भागका निर्देशक आयन मुखर्जीले फिल्मको दोस्रो र तेस्रो भाग बन्ने बताउनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल अफ गर्न सांसदहरूलाई आग्रह गर्नु भएको छ ।
अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो ।