• ४ पुस २०८१, बिहिबार

मधेश प्रदेशका एमाले मन्त्रीहरूको राजीनामा स्वीकृत

blog

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, चैत २१ गते । मधेश प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) सरकारबाट बाहिरिएको छ । एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकारबाट बाहिरिनुभएको हो । एमालेका मन्त्रीहरूको राजीनामा स्वीकृत भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।  

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पाँच जना मन्त्रीको मंगलबार राजीनामा स्वीकृत गर्दै उहाँहरूले सम्हाल्दै आउनुभएको जिम्मेवारी आफैले सम्हाल्नेगरी प्रदेश प्रमुखलाई सिफारिस पठाउनुभएको छ । 


मधेश प्रदेश सरकारमा एमालेका चार जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त हुनुभएको थियो । एमालेबाट मधेश प्रदेशको संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री राजकुमार लेखी र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जैद आलम र गृह तथा सञ्चार राज्यमन्त्री केशव राय नियुक्त हुनुभएको थियो । राजीनामा स्वीकृत गरिएको मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।