आफ्नो क्षेत्रका पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा महोत्सव आयोजना हुने भएको छ ।
आउँदो वैशाख १० गते हुने तीन प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि ६९ जनाको उम्मेदवारी परेको छ। बारा–२, चितवन–२ र तनहुँ–१ मा निर्धारित उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेकोमा सो सङ्ख्यामा उम्मेदवारी परेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बीप्रति सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ। हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ। महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गर्नुभएको थियो। नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ।
सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न छानबिन आयोग गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्याबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि सङ्घीय संसद्, संविधान र लोकतन्त्रमाथिकै आक्षेपपूर्ण व्यवहार र अभिव्यक्तिले यो गठबन्धनलाई ब्युँताउने परिस्थिति बनेको बताउनुभएको छ । मन्त्रिपरिषद्को बैठकमा सोमबार मन्त्रीहरूलाई निर्देशन दिँदै उहाँले यस गठबन्धनका पछाडि संविधान, लोकतन्त्र र समग्रमा राष्ट्रकै रक्षाको एउटा वृहत् अभियान र वैचारिकी रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्रविरुद्धका षड्यन्त्रलाई परास्त गर्दै आगामी पाँच वर्षसम्म गठबन्धनकै सरकारबाट राज
वर्तमान सरकारले कार्यप्रारम्भ गरेको सय दिन पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको शपथग्रहण गरेका दिन गत पुस ११ देखि सरकारको कार्यभार सुरु भएको थियो । यस अवधिमा सरकार राजनीतिक बाटो सोझ्याउँदै मुलुकको विकास, समृद्धि र सुशासनमा दृढ देखिएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई सरकारको प्रमुख प्राथमिकतामा राख्नुभएको थियो । यस अवधिमा मुलुकको अर्थतन्त्रको पुनरुत्थान, राज्यका सबै तहमा सुशासनको प्रत्याभूति, विकास निर्माण कार्यमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण तथा जनसरोकारका मुद्दालाई सम्बोधन गर्ने दिशामा सरकार अघि बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ। महान्यायाधिवक्ताले सर्वोच्चको नजिर र संविधानको मनसायविपरीत निर्णय गरेको भन्दै बदरको मागसहित युवराज पौडेलले रिट दर्ता गर्नुभएको हो। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार रिटको प्रारम्भिक सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशनले मूल्य घटाएर सूची पठाएपछि आज बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।
मधेस प्रदेशको उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले मधेस सरकारको ध्यान पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नमा केन्द्रित रहेको बताउनुभएको छ ।
सुनसरीको इनरुवा नगरपालिका –३ का महिला सामूहिक च्याउखेतीमा रमाएका छन् । घरमा बस्ने महिलाले समूह बनाएर टोलमै सामूहिक च्याउ खेती सरु गरेका हुन् । इनरुवा –३ का महिलाले पारिजात महिला बहुउद्देश्यीय कृषक समूह निर्माणगरी सामूहिक च्याउ खेती सुरु गरेको नेकपा (माओवादी केन्द्र) इनरुवा नगर अध्यक्ष तोया गिरी पोदारले जानकारी दिनुभयो ।
जिल्ला अदालतले २३ वर्षीय अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा गुराँस गाउँपालिका –३ सेरीवाडाका ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैद फैसला गरेको छ ।
विश्व हिन्दु महासंघ नेपालको आठौं महासभा रुपन्देहीको बुटवलमा हुनेभएको छ । ‘विश्वभरिका ॐ कार परिवारको एकमात्र चाहना, सनातन हिन्दु गुरुराष्ट्र नेपालको पुनः स्थापना’ मुल नारासहित महासभा भोलिदेखि सुरु हुने महासंघले जनाएको छ ।
शहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबले लिगका लागि भुटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेनलाई टोलीमा अनुवन्ध गरेको छ ।
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको सातौँ बैठकमा प्रदेश सभा सदस्यले आफ्नै निर्वाचन क्षेत्रको चिन्ता व्यक्त गरेका छन् । प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले आफुहरुको निर्वाचन क्षेत्रमा संघ र प्रदेश सरकारका योजना कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टन स्टार प्रिन्स दाहाल १७औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०७८ मा वर्षको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।