सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माणाधीन एक हजार ६१ मेगावाटको अपर अरुण आयोजना प्रभावित क्षेत्रमा रु एक अर्बभन्दा बढी मुआब्जा वितरण गरेको छ ।
भारतको चर्चित गायन रियालिटी सो इण्डियन आइडल–१३ को उपाधि अयोध्याका ऋषि सिंहले जित्नुभएको छ ।
निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थालाई अनुमतिका लागि निवेदन माग गरेको छ ।
फ्रेन्च लिग वान फुटबलको उपाधि दौडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लियोनको धक्का लागेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १-० गोलले पराजित भयो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको बर्दी र काँधको फुलीमा सर्वसाधारणको भरोसा र विश्वास लुकेको बताउनुभएको छ । आज (सोमबार) नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुहुँदै गृहमन्त्री श्रेष्ठले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार महिलालाई सूचना प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ ।
नेपालका ठूला परियोजनामा देखिएको दक्ष श्रमिकको अभाव विदेशबाट पूर्ति हुँदै आएको छ । यहाँ सञ्चालित विभिन्न परियोजनामा आवश्यक दक्ष श्रमिकको आपूर्ति विदेशबाट हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारामा सोमबार दिउँसोसम्म पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।
गायिका अन्जु पन्तको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।
नेपालमा नयाँ नयाँ प्रकाशन संस्था जन्मिरहेछन्, पुस्तकहरू विमोचन भइरहेका छन्, कतै घोस्ट राइटिङ त कतै अलेखक लेखक बन्ने प्रक्रिया जन्मँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गर्नुभएको छ ।
भारतीय चलचित्र निर्देशक डा चन्द्रप्रकाश द्विवेदीले नेपाली कलाकारलाई आफूले भारतीय चलचित्रमा देख्न चाहेको बताउनुभएको छ ।
फिनल्याण्डको प्रमुख कन्जरभेटिभ पार्टीले आइतबार भएको संसदीय निर्वाचनमा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।