काठमाडौं, चैत २० गते । राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेललाई भेटेर अध्यक्ष तिमिल्सिनाले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।
त्यस्तै, अर्थमन्त्री ड. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
यसअघि आजै बिहान उपराष्ट्रपति रामसहाय यादवले पनि त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।