• २१ वैशाख २०८१, शुक्रबार

रास्वपाका सभापति लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ।

काठमाडौं, चैत २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ सर्वोच्च पुग्नुभएको हो ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा सभापति लामिछानेविरुद्ध रिट दर्ता भएको जानकारी दिनुभयो ।

सर्वोच्चका प्रवक्ता पौडेलका अनुसार रिट अध्ययनपछि दर्ता भएको हो । उक्त रिटको पेसी भोलि (मङ्गलबार) का लागि तोकिएको छ ।