• ११ मंसिर २०८१, मङ्गलबार

‘गीतले सन्देश दिनुपर्छ’

blog

काठमाडौँ, चैत २१ गते । सामाजिक परिवर्तन र राष्ट्रियताका सवालमा गीत गाउन रुचाउने गायक अर्जुन कौशल यति बेला युवा पुस्तामाझ चर्चित हुुनुहुन्छ । यानीमाया हो, नथियावालीले, भीरको बाटोजस्ता गीतबाट साङ्गीतिक क्षेत्रमा चर्चित कौशलले हालसम्म तीन सय गीत गाइसक्नु भएको छ ।  

२०५४ सालदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय कौशललाई गीत सङ्गीतभन्दा अर्को पेसामा जानु परेको छैन । विशेष गरी सामाजिक परिवर्तन, राष्ट्रियता र विभिन्न भाषाभाषीमा पनि गीत गाउने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गीतले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिनुपर्छ भन्ने मलाई लाग्छ, समाज परिवर्तनका लागि पनि हामीले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्छ जुन मैले गीत सङ्गीतमार्फत त्यो भूमिका निर्वाह गर्दै आएको छु ।” 

पाल्पाको अर्गलीमा जन्मिनुभएका कौशल सानै उमेरदेखि गीत गाउनु हुन्थ्यो । सिमानाको खोजीमा हिँडियो, मेरो देश नेपाल, मलाई प्यारो लाग्छ नि, जनचेतना जगाई गाउँघर सबैलाई ब्युँझाउन, न त पानी चल्ने न त कोही छन् बोललगायतका गीतमा चर्चामा छन् । उहाँले भजन पनि गाउनुभएको छ । यी गीतहरू अहिले युट्युबमा हेर्न र सुन्न सकिन्छ । यसबाहेक उहाँले अनामनगरमा गीत रेकर्डिङ स्टुडियो पनि सञ्चालन गर्दै आउनुभएको छ । सामाजिक सञ्जालका कारण छिटो चर्चामा आउने र छिट्टै हराएर जानेको भिड अहिले बढ्दै गएको छ, उहाँ भन्नुहुन्छ, “प्रविधिले बजारीकरणमा सजिलो मात्र बनाएको छैन, आपूmलाई मन लागेको बेला सुन्न र हेर्न पनि पाइन्छ, पहिला त एफएम रेडियोमा गीत कति बेला आउँछ भनेर बस्नु पथ्र्यो ।”