पोखरा समाचारदाता
पोखरा, चैत २१ गते । पोखराका उद्योगी/व्यवसायीले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याएका छन्। पोखरा उद्योग वाणिज्य सङ्घले पोखराद्वारा आयोजित ट्राफिक व्यवस्थापनसम्बन्धी अन्तक्र्रियामा यस्तो माग गरिएको हो। ट्राफिक प्रहरीको व्यवहार, सडक सुरक्षा एवं पार्किङ व्यवस्थापनबारे विभिन्न विषयमा छलफल गरिएको थियो।
व्यापार हुने स्थानमा व्यवस्थित पार्किङ नहुँदा व्यवसाय नै ठप्प हुने अवस्था आएको बताएका छन्। उनीहरूले व्यापार/व्यवसाय नै ठप्न हुने गरी न्युरोडलगायतका क्षेत्रको सडक खाली गराउन आग्रह गरेका छन्। पोखरा महानगरपालिकाले न्युरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरूको यो भनाइ बाहिर आएको हो।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले यातायात क्षेत्र व्यवस्थित हुनु्पर्नेमा जोड दिनुभयो। उहाँले यातायात व्यवस्था कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राख्दै व्यावहारिक निर्णय गर्नुपर्ने बताउनुभयो।
यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजालले १५ मिनेटभित्र सेवाग्राहीलाई सेवा दिने गरेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, “कतिपय अवस्थामा बिचौलियाका कारणले र बाँकी हल्लाका कारणले त्यस्तो मानसिकताको विकास भएको हो तर यातायात व्यवस्था कार्यालयले आफूलाई सुधार गरिसकेको छ।” उहाँले नियम मिच्ने अधिकार कसैलाई पनि नभएको तर पोखरामा दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीसाधनलाई सहज हुने गरी छत र ढोका राख्न दिएको जानकारी गराउनुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले पोखरामा पार्किङको समस्या चुनौतीपूर्ण हुँदै गएको भए पनि ट्राफिक व्यवस्थापनका लागि आफू क्रियाशील रहेको बताउनुभयो।