हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्ब देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
रेडियोको झङ्कार । आवाजको झङ्कार । सङ्गीतको झङ्कार । झङ्कार अनुभूतिको । अनेकौँ स्वरको मिश्रणमा अनुगुञ्जित ध्वनिमा बेग्लै मिठास । चराका चिरीबिरीहरूको अलग्ग अर्कै झङ्कार । पृथक् स्वर–सुसेली । सुन्नुको शीतल अनुभूति । झङ्कारको अलग्गै स्पर्श । झङ्कारले तरङ्गित पारेका क्षणहरू । झङ्कारले जागृत पारेका पलहरू ।
मैले जिन्दगीलाई दायाँ–बायाँ, चारैतिर खोजिरहेँ जिन्दगी भने एक छलावाझैँ मबाट टाढा भागिरह्यो मैले ईश्वरको नाममा शपथ खाएर भनिरहेँ म तिम्रै हुँ अहँ ! जिन्दगीले पत्याएन, मसँग ठोस प्रमाण मागिरह्यो ।
जलमा तरङ्ग नदेखिने वायुको स्पन्दन जस्तै चन्द्रमाको शीतल नदेखिने शून्य आकाश जस्तै लाग्यो आगो श्यामतामा
हाम्री हजुरआमा बेलुका अँगेनाको डिलमा बसेर हामीलाई कहिले पौराणिक कथा, कहिले लोककथा कहिले गाउँखाने कथा सुनाउनु हुन्थ्यो । एक साँझ उहाँले एउटा गाउँखाने कथा भन्नुभयो–हुन पनि हो, छ न पनि छ, खोज्दा पनि पाइँदैन, कसैलाई पनि चाहिँदैन के हो ? हामी निकैबेर घोत्लिँयौँ तर कसैलाई पनि उत्तर आएन । हजुर आमाले हाँस्तै भुइँचालो भन्नुभयो । भुइँचालो के हो र कस्तो हुन्छ भनेर सोध्दा उहाँले विसं. १९९० को भुइँचालोको विनाश लीला सुनाउनु भयो ।
हिन्दुको वेद, इसाईको बाइबल, इस्लामको कुरान प्रमुख ग्रन्थ भएझैँ बौद्धको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । भगवान् बुद्धको वचनलाई उनको परिनिर्वाणपछि तत्कालीन भिक्षुहरूद्वारा एकै ठाउँमा संयोजन गरी त्रिपिटक ग्रन्थ निर्माण गरिएको थियो ।
बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो ।
धेरै दिनको कसरतपछि एक दिन अचानक जुरेको थियो, हामी तीन भाइलाई भैरवकुण्ड पदयात्राको साइत । हामी तीन भाइमध्ये तीनै थियौँ– पदयात्राका सोखिन । त्यसमा पनि यो यात्रालाई अझ रोमाञ्चक र विशेष स्मरणयोग्य बनाउन हामीले कुनै कसर बाँकी राखेका थिएनौँ । पूरै ‘म्यान भर्सेज वाइल्ड’का बियर ग्रिल्स शैलीले यात्रा गर्ने योजना बुनेका थियौँ हामीले ।
काठमाडौँ महानगरपालिकाको पूर्वोत्तर क्षेत्रको चाबहिलमा आजभन्दा ७५ वर्षअघि स्थापित पशुपति मित्र माविले २०७९ साल चैत २८ गते आफ्नो ७५औँ जन्मोत्सवलाई हीरक वर्ष भनेर मनायो । विद्यालयले ७५औँ जन्मोत्सव मनाउनु गौरवको विषय हो र यसमा कुनै विवाद रहेन । परन्तु यो हीरक महोत्सव कति वर्षमा मनाउने भन्ने प्रश्न यदाकदा देखिन्छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङले एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा ५८ वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो ।
ब्रह्माण्डबाट जन्मिएर ओर्लन्छ धर्तीको काखमा आकाशमा खेलेर
हाम्रा स्वभाव प्रकृतिअनुसार बदलिरहन्छ । टहटह जून लागिरहेको बेला हाम्रो हृदय चन्द्रमाझैँ उज्ज्वल भएर चम्किन थाल्छ । बादलहरूले घेरिएको बेला हामी निराशामा डुब्न थाल्छौँ । असारको रिमझिम वर्षात्को बेला हाम्रो हृदय मुजुर भएर नाच्न थाल्छ । प्रकृति आफैँमा ध्वनिमय छ । हामी चौतर्फी ध्वनिले घेरिएका छौँ । ध्वनिमा सङ्गीत छ । प्रकृति आफँैमा सङ्गीतमय छ । हावाका सरसराहट, खोलाका कलकल, चराका कलकल, बिजुलीका गर्जन आफैँमा सङ्गीतमय छ ।