म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा पर्ने रुप्से झरनामा आन्तरिक पर्यटकको भिड लागेको छ ।
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव सुरु भएको छ ।
उपत्यकाका तीन जिल्लामा दसैँपछि र तिहारको अवधिमा एक करोड तीन लाख रुपियाँ बराबरको चोरी भएको छ । यो अवधिमा काठमाडौँका विभिन्न २० स्थानमा २७ लाख ७९ हजार ४४५ रुपियाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले कात्तिक ११ देखि ३० गतेसम्ममा काठमाडौँका २०, ललितपुरका १० र भक्तपुरका सात स्थानमा चोरीका घटना भएको जानकारी दिनुभयो ।
बाजुराको बुढीगङ्गा नगरपालिका वडा नं –२ को पहिरो जोखिम बजेडी बस्तीमा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्दै गरेकोले यहाँका स्थानीयलाई पहिरो आएको पूर्व जानकारी गर्ने गरी पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरेको हो ।
‘हेरिटेज पेजेन्ट’ को २०२३ को संस्करणको तयारी पूरा भएको छ । यही नोभेम्बरमा थाइल्यान्डमा सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सन्तोष सापकोटाको अध्यक्षतामा आयोजक टोली रहेको आयोजक इप्लानेटले जनाएको छ । आयोजकका अनुसार कार्यक्रमको आधिकारिक कोरियोग्राफर नेपालका रोजिन शाक्य तथा मलेसियाका वेस्ली स रहनुहुने छ । कार्यक्रमको संयोजन सुसान सनफुर्मी कोहले गर्नुभएको छ । प्रतियोगितामा मिसतर्फ १८ देखि २८ वर्ष उमेर समूहभित्र तथा मिसेसतर्फ २० देखि ४५ वर्ष उमेर समूहका महिलाले सहभागिता जनाउन पाउने आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताउनुभयो ।
उडिसाको नाट्यग्राममा आयोजित २३ औँ जननाट्य महोत्सवमा नेपाली नाटक ‘अभिनद्ध’ मञ्चन भएको छ । नोभेम्बर ९ देखि १४ सम्म उडिसाको पुरानो नाट्य संस्था नाट्य चेतनाले आयोजना गरेको नाटक महोत्सवमा नेपालबाट तीन वटा नाट्य संस्थाले संयुक्त रूपमा नाटक अभिनद्ध तयार पारेका थिए । तनहुँमा रहेर नाट्य कर्म गरिरहेको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ, ओजस थिएटर काठमाडौँ र आदिइत्यादि काठमाडौँले संयुक्त रूपमा नाटक तयार पारेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज तनहुँको आँबुखैरेनीमा आउनुहुने भएको छ । आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा सञ्चालन गरेको निर्माण १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनु हुने भएको हो ।
भूकम्पले प्रभावित जाजरकोटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले मनोपरामर्श र जनस्वास्थ्य शिक्षा दिन थालेको छ । कर्णाली प्रतिष्ठानका जनस्वास्थ्य डिन प्राडा मुनिराज क्षेत्री, जनस्वास्थ्य लेक्चर डा. ओमप्रकाश काफ्ले, मनोपरामर्शदाता नन्दराज आचार्यसहित छ जनाको टोली अहिले जाजरकोटमा खटिएको छ । भूकम्प प्रभावितलाई सामाजिक मनोपरामर्श, जनस्वास्थ्य शिक्षा दिन प्रभावित क्षेत्रमा जुम्लाबाट टिम त्यहाँ पुगेर खटिएको प्रतिष्ठानका जनस्वास्थ्य डिन क्षेत्रीले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाका २० सांसदको ६ वर्षको पदावधि सकिनै लागेकाले बिदाइका दिन नजिकिँदै छ ।
दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म जान पैदल यात्रुहरू मर्कामा पर्ने गरेको पाइएको छ । बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटको कारण यात्रु मर्कामा परेकाे भएको हो ।
जाजरकोट भूकम्पले जाजरकोट र रुकुमपश्चिमका ४५ वटा स्वास्थ्य संस्था र २०८ वटा विद्यालय भवनमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भवनमा क्षति पुगेपछि अस्थायी टहरा बनाएर सेवा प्रदान गरिएको छ । विद्यालय दसैंतिहार बिदामा बन्द रहेका विद्यालय त्यसपछि कसरी सञ्चालन गर्ने भन्ने चिन्ता विद्यालय व्यवस्थापन समितिमा छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जाजरकोटमा छ वटा पूर्ण र १२ वटा आंशिक गरी १८ वटा, रुकुमपश्चिमम दुई वटा पूर्ण र २२ वटा आंशिक गरी २४ वटा र सल्यानमा तीन वटा पूर्ण क्षतिसहित कुल ४५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।
स्वास्थ्य कार्यालय बैतडीले अनुगमन गर्दा सिगास गाउँपालिका–१ स्थित स्वास्थ्य संस्थामा सिटामोल होइन बाख्राको बड्कौला भेटिएको छ । जिल्लाकै दुर्गम सिगास गाउँपालिका–१, जुकेपानीस्थित आधारभूत स्वास्थ्य केन्द्र महिनौँदेखि स्वास्थ्यकर्मीविहीन अवस्थामा छ । सिगास–१ कै बेसरा गाउँमा रहेको गाउँघर क्लिनिक एक वर्षदेखि बन्द हुँदा त्यहाँ पनि बाख्राका बड्कौला भेटिएको स्वास्थ्य कार्यालय प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
बाजुराका विद्यालयमा सञ्चालन गरिएको दिवा खाजा कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ । खाजा कार्यक्रमपछि उपस्थित नहुने बालबालिका नियमित रूपमा विद्यालय आउन थालेका छन् । बुढीनन्दा नगरपालिका–९, सिद्धेश्वरी आधारभूत विद्यालयका छात्र किरन रोकायालाई विद्यालयनजिकै घर भएकाले खाजा खान घरमै जानु पर्ने बाध्यता थियो । अहिले विद्यालयमै खाजा पाउन थालेपछि त्यो समस्या हटेको विद्यार्थी रोकायाले बताउनुभयो ।
महोत्तरीको उत्तरी भेगका प्रवेश गरेका जङ्गली हात्तीले दुःख दिन थालेपछि बर्दीबासको ग्रामीण भेगका बासिन्दा त्रासमा छन् । स्थानीयका अनुसार एक छावासहित पाँच वटा हात्तीले बर्दीबास नगरपालिकाको वडा नं. २ र ५ का आधा दर्जन बस्तीमा प्रवेश गरी क्षति पु¥याउन थालेपछि गाउँले रातभर जाग्राम बस्न बाध्य छन् । गाउँ पसेका पाँच वटामध्ये एक जोडी हात्तीले बर्दीबास–८, हात्तीलेटमा र छावासहितका तीन वटा हात्तीले सोही वडाको लोप्चन टोलमा दुःख दिने गरेको पीडित गाउँलेले जानकारी दिएका हुन् ।
अन्नको भण्डार मानिने तराईका जिल्लामा धान काट्न किसानलाई भ्याइनभ्याइ हुन थालेको छ । दसैँ सकिएसँगै तराईका खेतीयोग्य जमिनमा धान पहेँलै भएर पाक्न सुरु भएपछि किसानलाई धान काट्ने चटारो छ । तिहार नजिकिँदै गर्दा अगौटे धान भित्र्याउन किसानलाई थप चटारो परेको हो । अगौटे धान भित्र्याउनुपर्ने भएकाले तराईका जिल्लामा किसान खेतमै व्यस्त हुन थालेका छन् । असोज अन्तिमबाटै अगौटे धान काट्न सुरु गरेका किसानले दसैँ सकिएलगत्तै काट्ने, दाउनी गर्ने र भित्र्याउने काम सुरु भएको छ । यस वर्ष पानीले साथ दिएकाले तराईका जिल्लामा गत वर्षभन्दा धान उत्पादनमा वृद्धि हुने रामधुनी नगरपालिका–४ का किसान गणेश विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “समयमै रोप्न पाइयो । मल पनि समयमै पाइएकाले सबैतिर धान राम्रो छ । पानीले पनि साथ दियो ।”