मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजावत गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ ।
उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान सहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपालको फुटबल विकास र फुटबल सम्बन्धी विभिन्न गतिविधि सञ्चालनका लागि साउदी अरब फुटबल महासङ्घसँग सम्झौता गरेको छ ।
चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो ।
कहीँ तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभाबी फोहोर त फाल्दै हुनुहुन्न ? यदि जथाभाबी फोहोर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईँमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ ।
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा वर्षा वाधक बनेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षका कारण रोकिएको छ ।
धुवाँ, धुलो भीड भाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ ।
हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्ब देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
रेडियोको झङ्कार । आवाजको झङ्कार । सङ्गीतको झङ्कार । झङ्कार अनुभूतिको । अनेकौँ स्वरको मिश्रणमा अनुगुञ्जित ध्वनिमा बेग्लै मिठास । चराका चिरीबिरीहरूको अलग्ग अर्कै झङ्कार । पृथक् स्वर–सुसेली । सुन्नुको शीतल अनुभूति । झङ्कारको अलग्गै स्पर्श । झङ्कारले तरङ्गित पारेका क्षणहरू । झङ्कारले जागृत पारेका पलहरू ।
मैले जिन्दगीलाई दायाँ–बायाँ, चारैतिर खोजिरहेँ जिन्दगी भने एक छलावाझैँ मबाट टाढा भागिरह्यो मैले ईश्वरको नाममा शपथ खाएर भनिरहेँ म तिम्रै हुँ अहँ ! जिन्दगीले पत्याएन, मसँग ठोस प्रमाण मागिरह्यो ।
जलमा तरङ्ग नदेखिने वायुको स्पन्दन जस्तै चन्द्रमाको शीतल नदेखिने शून्य आकाश जस्तै लाग्यो आगो श्यामतामा
हाम्री हजुरआमा बेलुका अँगेनाको डिलमा बसेर हामीलाई कहिले पौराणिक कथा, कहिले लोककथा कहिले गाउँखाने कथा सुनाउनु हुन्थ्यो । एक साँझ उहाँले एउटा गाउँखाने कथा भन्नुभयो–हुन पनि हो, छ न पनि छ, खोज्दा पनि पाइँदैन, कसैलाई पनि चाहिँदैन के हो ? हामी निकैबेर घोत्लिँयौँ तर कसैलाई पनि उत्तर आएन । हजुर आमाले हाँस्तै भुइँचालो भन्नुभयो । भुइँचालो के हो र कस्तो हुन्छ भनेर सोध्दा उहाँले विसं. १९९० को भुइँचालोको विनाश लीला सुनाउनु भयो ।