राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
लुम्बिनी प्रदेश डोरीतान सङ्घको भेलाले युवराज अधिकारीको अध्यक्षतामा समिति गठन गरेको छ । शनिबार कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा सम्पन्न भेलाले ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
भारतमा दुई महिना लामो स्वास्थ्य उपचारपछि नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुहुने भएको छ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका लागि नेपाली पत्रकारिता जगतले अग्रणी भूमिका खेलेको बताउनुभएको छ ।
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।
हावाहुरी र चट्याङ पर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३, देउराली स्थित फर्ममा पालिएका ५४ वटा भेडा मरेका छन्।शुक्रबार राति दश बजे चलेको हावाहुरीसँगै परेको चट्याङले भेडा मरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताउनु भएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताउनुभएको छ । एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको उहाँको भनाइ छ ।
विष्णुमती कोरिडोरमा ढल निर्माणका लागि खनिएको खाडल नपुरी यतिकै छोडिएको सडक किनारबाट जोखिमपूर्ण यात्रा गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन।
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले देशको विकासका लागि सबै नेताहरू दलीय स्वार्थभन्दा माथि उठ्न आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली लेखक सङ्घले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवका अवसरमा आज (शनिबार) यहाँ आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गर्नुभयो ।
हाँका स्याउ बगैँचा फुलेर सेताम्मे भएका छन् । यो याममा जुम्ली किसानले लगाएका स्याउ बगैँचा फुलेर सेताम्मे बनेका छन् । यहाँका आठवटै स्थानीय तहका किसान स्याउ खेतीमा निर्भर छन् ।
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो ।
ललितपुर महानगरपालिका –१८ सैबु भन्ज्याङस्थित वालकुमारी सामुदायिक वन उपभोक्ता समूहले सल्ला वनक्षेत्रको शनिबार सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।