प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताउनुभएको छ ।
बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकासजङ्ग रानालाई शुक्रबार बाँकेको जानकी गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
चाडवाड नजिकिएसँगै सीमापारिको भारतीय बजार नेपाली सेवाग्राहीको किनमेलको गन्तव्य बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तनहुँको आँबुखैरेनीमा आउनु भएको छ । प्रधानमन्त्री प्रचण्ड आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी बजारमा निर्माण गरेको १५ बेड क्षमताको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्न आउनु भएको हो ।
छठ पर्वका लागि मधेश प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू. चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।
भूकम्प पीडितको राहात तथा पुनर्निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख छ हजार सहयोगको घोषणा गरेका छन् ।
अष्ट्रेलियाले प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न पहिलो एआई महिना सुरु गरेको छ ।
फ्लाई दुबई एयरलाइन्सले बुधबार दुबई र अफगानिस्तानको राजधानी काबुलबीचको उडान पुनः सुरु गरेको अफगानिस्तानको सरकारी रेडियो टेलिभिजन (आरटीए) ले जनाएको छ ।
। चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट बढाएको छ ।प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिनभन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्य र घरहरू गुमाएका छन् ।
सूर्य देवको उपासना गर्दै मनाइने आस्थाको पर्व छठ शनिबारदेखि विधिवत् प्रारम्भ हुनेछ भने आज नहाय खाय (नुहाउर खाने) चलन छ ।
नगरपालिकाले भूकम्पबाट अति प्रभावित ४ स्थानीय तहलाई १२ लाख रुपियाँ सहयोग गरेको हो ।
चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ ।
तराई मधेसमा हर्सोउल्लासकासाथ मनाइने पर्व छठ नजिकिएसँगै मधेसका प्रमुख व्यावसायिक केन्द्र तथा ग्रामीण क्षेत्रमा लाग्ने हाटबजारमा माटोको भाँडा विक्रिमा वृद्धि भएको छ ।
टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका झन् । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध कानुन व्यवसायी रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् ।
तिहार सकिए लगत्तै प्युठानमा 'सराएँ' मेलाको रौनक सुरु भएको छ ।