दुःख आफैँसँग थियो दुःखसँग दुःखै साट्ने पनि भएनन् आफ्नै गाउँ आफ्नै घरमै थिएँ के छ ? भन्न कोही गएनन्
महाकाली कोरिडोर आयोजनाको कञ्चनपुर खण्डमा सडकको ट्र्याक खोल्ने कार्य थालिएको छ। कञ्चनपुरको ब्रह्मदेवस्थित जिरो प्वाइन्टबाट रुख काट्ने काम बुधबारबाट सुरु भएको हो। कोरिडोर निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश नआएर कोरिडोरको काम रोकिएको थियो। मङ्गलबार कटानीको आदेश आएसँगै राति नै सामान फिल्डमा झारेर कटानको काम सुरु गरिएको निर्माण कम्पनी दिवा सनीदेव जेभीले जनाएको छ। रुख छपान र कटानसँगै ट्र्याक खोल्ने काम सुरु भएको हो।
एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज (शनिबार) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।
दक्षिण एसियाको सीमापार नदी (ट्रोसा) दोस्रो चरणको परियोजना सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढी घोषणापत्रमा हस्ताक्षर गर्दै सो परियोजनाको शुक्रबार शुभारम्भ गर्नुभएको हो। परियोजनाको दोस्रो चरण अङ्ग्रेजी वर्ष २०२३ मे १ देखि लागू हुने जनाइएको छ। सो परियोजना महाकाली नदीले छोएका दार्चुला, डडेलधुरा, बैतडी, कञ्चनपुरका तटीय क्षेत्रमा लागू हुनेछ। अक्सफाम, रुडुकलगायतका संस्थाको संयुक्त सहकार्यमा नदी तटीय क्षेत्रमा हुने जोखिमबाट बचाउन तथा दुई देशबीचको सम्बन्ध सुधार गराउन सन् २०१८ देखि लागू भएको परियोजनाको दोस्रो चरणको एक समारोहबीच सुरु गरिएको हो।
हुन खोज्दैछ एकाकार यी मेरा चिसा एकान्तहरू
विश्वले जलवायु परिवर्तनका कारण अनेक समस्या भोगिरहेको छ । नेपाल यस्तो समस्यामा पर्ने प्रमुख देशहरूको सूचीमा छ र जलवायु परिवर्तनका कारण उत्पन्न जटिलताबाट सबैभन्दा बढी विपन्न मुलुकका विपन्न महिला प्रभावित रहने गरेको पाइएको छ । विश्वको कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्साले विपन्नखाले जीवन बिताइरहेका छन् । अझ ती विपन्न देशका महिलाको अवस्था झन् जटिल छ । जलवायु परिवर्तनका कारण भइरहेको वातावरणीय ह्रासको सबैभन्दा बढी मार गरिब मुलुकका ग्रामीण क्षेत्रका महिलाले भोगिरहेको
यही चैत मसान्तसम्मको तथ्याङ्क हेर्दा प्रेस काउन्सिल नेपालमा सूचीकरणका लागि आवेदन दिने अनलाइनको सङ्ख्या तीन हजार ९१५ पुगेको छ । यो सङ्ख्या बढ्दै छ । अनलाइन माध्यम खोल्ने होडबाजी नै छ । सूचीकरणका लागि आवेदन दिने अनलाइन माध्यमका सञ्चालक र सम्पादकको सरसर्ती अध्ययन गर्दा यसतर्फ चारथरी मानिस आकर्षित भएको देखिन्छ । पहिलोथरीका मानिस लामो समयसम्म पत्रकारिता क्षेत्रमा योगदान गरेका र अरूको सञ्चारमाध्यममा काम गर्दागर्दै दिक्क लागेर आफैँ अनलाइ
महिलाका विषय उठानका क्रममा आज पनि हाम्रो देशमा आयोजना हुने विभिन्न कार्यक्रममा क्लारा जेटकिन, रोजालक्जमवर्ग लगायतका विदेशी महिलाको नाम लिइने गरिन्छ । त्रेत्रायुगदेखि, बुद्वकाल हुँदै २०औँ, २१औँ शताब्दीमा पनि महान् कार्य गरेका महिलाको योगदानबारे हाम्रो समाजमा खासै चर्चा हुने गरेको छैन । आफ्नो देशका विभूति, आफ्नै माटोको अभियन्तालाई जबसम्म हामीले सम्मान गर्न सक्दैनौँ, सामाजिक रूपान्तरणको अभियान, परिवर्तनको प्रयास आकाशको फल समान नै हुन्छ ।
स्वदेशी ब्रान्डलाई पहिचान बनाउने गरी कपिलवस्तुका अधिकारी दाजुभाइले मोजा उत्पादन सुरु गरेका छन् । भारत र अजरबैजानमा २५ वर्ष होजियारी उद्योगको अनुभव लिएर उनीहरूले उद्योग सञ्चालन गरेका हुन् । विषयगत दक्षता भएपछि उत्पादन बेच्न सहज हुने अनुमान गरे पनि बजारमा बिक्री गर्न धौधौ भयो । “बिक्रीका लागि बजार पु-याए तर कसैले चासो दिएनन् । व्यापारीले नाइक, एडिडासजस्ता विदेशी नाम भए बिक्री हुने बताए । विदेशी ट्याग लगाए मात्र नेपालीले किन्ने रहेछन् ।
मानवीय लापरबाहीले गर्दा दाङमा बर्सेनि हजारौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको छ। दाङमा करिब एक महिनाको अवधिमा दुई हजार हेक्टर वनमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय घोराहीअन्तर्गत २४ र डिभिजन वन कार्यालय लमहीअन्तर्गतका २७ भन्दा बढी सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिसकेको छ। जसले गर्दा दाङ क्षेत्रमा ६३३ हेक्टर र देउखरी क्षेत्रमा एक हजार ४०० भन्दा बढी हेक्टर वन डढेलो लागेको छ। यसको जोखिम अझ बढ्ने देखिएको छ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले स्थायित्व, खुलापन तथा महिला एवं सीमान्तकृत वर्गलाई मूलधारमा ल्याउन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ। राजदूत थम्पसनले शुक्रबार पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताउनुभएको हो। व्यवसायीको दक्षता अभिवृद्धि, उद्यमशीलता, जलवायु परिवर्तनलगायतका क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य रहने उहाँको भनाइ थियो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति कार्यक्रम, बजेट र योजनालाई दिगो विकास लक्ष्य हासिल गर्ने कार्यक्रममा केन्द्रित गरिएको बताउनुभएको छ। सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समिति र प्रदेश योजना आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाँले सन् २०३० सम्ममा १७ लक्षित कार्यक्रम कार्यान्वयनमा आइसक्ने बताउनुभएको हो। नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले बजेट तथा कार्यक्रम, विनियोजन र साङ्केतीकरणलाई दिगो विकास लक्ष्य हासिल गराउने क्षेत्रमा यकिन गरिँदै आएको बताउनुभयो।
गाईघाट–साउने धाप्लाङ–चिसापानी सडकअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१४, धाप्लाङ र खोटाङको वाराहपोखरी गाउँपालिका–२, साउनेचौर जोड्ने दूधकोशी (सुनकोसी) नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल बीचैमा अलपत्र परेको छ । पुल निर्माण सम्पन्न हुने म्याद सकिएको झन्डै तीन वर्ष बितिसक्दासमेत पुल बनाउने ठेक्का लिएको निर्माण कम्पनी रसुवा स्वच्छन्द पप्पु जेभी काठमाडाैँले पेस्की लिएर काम नगरेपछि उदयपुर र खोटाङ दुई जिल्ला जोड्ने उक्त मोटरेबल पक्की पुल छ वर्षदेखि अलपत्र हुँदै आएको हो। निर्माण कम्पनीले तीन वर्ष अर्थात् २०७६ असार २९ गतेभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो तर हलसम्म पनि पुल निर्माणको काम हुन नसक्दा कोशी नदी वारपार गर्न सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय बासिन्दाको भनाइ छ।
बाँकेको खजुरा गाउँपालिका–२, ‘ए’ गाउँका अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरि टमाटर छ भने गोदाममा पनि टिपेको टमाटर राखिएको छ तर बजार मूल्य नपाएपछि खत्रीले बारीमा टमाटर फालेर विरोध जनाउनुभएको छ ।
‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नाराका साथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २७औँ राष्ट्रिय चिया दिवस मनाइरहेको छ । कृषिमन्त्री डा. वेदुराम भुसालले चिया दिवसको अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गरी चियामा निजी क्षेत्रलाई लगानी गर्न आह्वान गर्नुभएको छ । उहाँले एउटा प्रमुख निर्यातयोग्य नगदेबालीका रूपमा स्थापित गर्न निजी क्षेत्रलाई समेत थप लगानी गर्न आह्वान गर्नुभएको छ ।