भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
पश्चिम नेपालको प्रमुख सांस्कृतिक सहर नेपालगन्ज बाँके जिल्लाको सदरमुकाम हो। सद्भावको सहरका रुपमा परिचित बाँके जिल्लामा विभिन्न धर्म, समुदाय र कला संस्कृति मान्नेको बाक्लो बसोवास छ।
दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।
“गत कात्तिक १७ गतेको सुनसान मध्य रात । मस्त निद्रामा थिएँ । मलाई एक्कासि घर हल्लियोे । एकाएक घरका छाना र गारो ढल्न थालेपछि हतपत उठेर ढोकातिर लागेँ । ढोकानेर पुगेपछि त्यसको मुनि अडिए । भूकम्पको झट्काले घर भत्किँदै गयो ।”
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजनाको निर्माण तथा वित्तीय व्यवस्थापनको ढाँचा तय गर्नका लागि आवश्यक छलफल सुरुआत गरेको छ ।
सुनसरीमा तिहार सुरु भएको एक हप्तामा सात ठाउँमा आगलागी भएको छ। जिल्ला सदरमुकाम इनरुवाको चार ठाउँसहित हरिनगर, देवानगञ्ज र भोक्राहा नरसिंह गाउँपालिकामा आगलागी भएको हो। विभिन्न स्थानमा भएको आगलागीमा करोड बढीको क्षति भएको छ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आज (शुक्रबार)देखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ ।
साविक विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ को फिफा विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी छनोट खेलमा हार खेपेका छन् । घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गोलले पराजित भयो ।
वालिङ नगरपालिका –१४ वायटारी देखि वडा १२ को सिर्सेकोट ग्रामीण सडक खुलेको २० वर्ष पुगिसेको छ । सडक खुलेको लामो समयसम्म राम्रोसँग सडक सुधार नहुँदा स्थानीयलाई कठिन यात्रा गर्न बाध्य हुनुपरेको हो ।
हिन्दु धर्ममा आस्थाको महापर्व मानिने छठ पर्व शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ । एकहप्ता अगावैदेखि उकालो चढेको बजार भाउले छठ महँगिँदै गएको उपभोक्ताहरू बताउँछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय तहलाई अधिकारसहित बलियो बनाउने बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरले नगर भित्र र बाहिरका स्थानीयले आफ्ना गाईगोरू, घोडा गधा सडकमा निरन्तर छोड्दा चुनौती बढेको छ। सिमानाकाबाट भित्रिएका छाडा चौपायाका कारण यो समस्या विकराल बन्दै गएको जनाएको छ।
छठ पर्वमा अनिवार्य रूपमा पूजा सामग्रीको रूपमा केरा प्रयोग गर्ने भएपछि अहिले केराको मूल्य दोब्बरले महँगिएको छ । छठ पर्वका लागि अत्यधिक बिक्री हुने केरा यसवर्ष निकै महँगोमा खरिद गर्नुपरेको उपभोक्ताहरूले बताएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।
हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खाली जमिन खेतीका लागि बाँकी नरहने भन्दै उहाँले अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताउनुभएको हो।