गाईघाटस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सयभन्दा बढी बिरामीलाई निःशुल्क औषधिसहितको उपचार सेवा दिइएको छ। बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल झापाको प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र दाजुभाइ समूह दोहा कतारको सहकार्यमा त्रियुगा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शिविरमा ७५० जना बिरामीलाई त्यस्तो सेवा दिइएको हो। शिविरमा क्यान्सर रोग, महिला तथा स्त्री रोग, भिडियो एक्स–रे, ल्याब, ईसीजी, नाक, कान, घाँटी, मुटु, फिजिसियन, न्युरो, हाडजोर्नी, छाला, दाँतसम्बन्धी समस्याको एकीकृत रूपमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो।
काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी [वैशाख शुक्ल] पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।
योजनाको सम्पूर्ण निर्माण पूरा भई उद्घाटन गर्नुपर्ने अवस्थामा पुगेको निर्माणाधीन मदन भण्डारी राजमार्ग निर्माण बजेट अभावले अवरोध उत्पन्न भएको छ। यसअघि “क्यालेन्डर डे” को आधारमा दैनिक प्रगति हासिल हुने गरी निर्माण हुँदै आएको सो राजमार्गको भौतिक प्रगति ९७ प्रतिशत पुगेको भए पनि अर्थ मन्त्रालयले आवश्यक रकम उपलब्ध गराउन आनाकानी गरेपछि सो योजना सम्पन्न गर्नमा आर्थिक सङ्कट परेको गाईघाटस्थित सडक आयोजना कार्यालयले जनाएको छ।
आगामी वैशाख २४ गते ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ विषयक नेपाल व्यवसाय शिखर सम्मेलन, २०८० आयोजना हुने भएको छ । नेपाल सरकार, बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा सञ्चालन हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ ।
दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङ्क्रमण बढेको जनाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको हस्तकलालगायत रैथाने सीप र समग्र ललितकलाको क्षेत्रलाई विज्ञानसँग जोड्दै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १४औँ प्राज्ञसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाली ललितकला पुस्तान्तरणकै कारण मात्र हालसम्म जीवित रहेको बताउँदै अर्थ र विज्ञानको आविष्कारसँगै उत्पादनमूलक तवरले पनि विस्तार र संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।
बागमती प्रदेश सरकारले ऐन निर्माणलाई भन्दा अध्यादेश जारीलाई प्राथमिकतामा राखेको पाइएको छ। प्रदेश सभाको पहिलो कार्यकालको पछिल्ला दुई वर्षमा जारी अध्यादेशको सङ्ख्या र अवस्था हेर्दा प्रदेश सरकार प्रदेश सभाबाट ऐन निर्माणलाई भन्दा अध्यादेश जारीलाई प्राथमिकता दिएको पुष्टि हुन्छ।
काभ्रेपलाञ्चोक जिल्लामा रहेको कुल घरपरिवारमध्ये २० दशमलव ६ प्रतिशत घरपरिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा रहेको ९१ हजार ३३० कुल घरपरिवारमध्ये दुई हजार ८१ घरपरिवारमा महिलाको नाममा घर मात्रै रहेको, सात हजार ८६ घरपरिवारमा घर र जग्गा दुवै रहेको छ। यस्तै नौ हजार ६७७ घरपरिवारमा महिलाको नाममा जग्गा मात्रै रहेको, एक हजार १६ घरपरिवारको स्वामित्वको उल्लेख नभएको तथा जिल्लामा रहेका कुल घरपरिवारमध्ये ७१ हजार ४७० घरपरिवारमा महिलाको नाममा घर र जग्गा दुवै नभएको जनगणनाको तथ्याङ्कले देखाएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दूध आयात गर्नुपर्ने प्रतिवेदन कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसाललाई बुझाएको छ । बोर्डले डेरीसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको आधारमा सो प्रतिवेदन मन्त्री भुसाललाई बुझाएको हो । डेरी उद्योगीले झोल तथा धुलो दूध र बटरको अभाव देखाउँदै केही समयका लागि भारतबाट आयात खुला गर्न माग गर्दै कृषि मन्त्रालय र बोर्डमा निवेदन दिएका थिए ।
रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा आठ हजार ३८० जनाको नतिजा सार्वजनिक भएको छ । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जानका लागि २०७९ फागुन २३ देखि २०८० वैशाख १३ सम्म सञ्चालन भएको भाषा परीक्षाको नतिजा शनिबार सार्वजनिक भएको हो । वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाका
प्रतिनिधि सभामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदले आगामी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको छ। सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार बालुवाटारमा भेट गरी बजेटमा कर्णालीलाई प्राथमिकतामा राख्न माग गर्नुभएको हो। कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई सांसदहरूले जोड दिनुभएको छ। कर्णालीमा निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेकाले समग्र विकासको हिसाबले कर्णाली अझै पछाडि रहेको ज्ञापनपत्रमा उल्लेख छ। कर्णालीको गरिबी र बेरोजगारलाई न्यूनीकरण गर्न कर्णाली स्वरोजगार एवं गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम अभियान सञ्चालन गर्न पाँच अर्ब बजेट माग गरिएको सासंद चन्द्रबहादुर विश्वकर्माले जानकारी दिनुभयो।
काठमाडौँ महानगरपालिकाभित्र बाह्य विज्ञापन गर्न नपाइने भएको छ। शुक्रबार सार्वजनिक भएको ‘काठमाडौँ महानगरपालिका बाह्य विज्ञापन नियमन निर्देशिका’मा महानगरपालिकामा विद्युत् र टेलिफोनको खम्बा, सडकपेटी र सार्वजनिक प्रयोगका संरचनामा विज्ञापन गर्न नपाइने व्यवस्था गरिएको छ।
नेपाल सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आईसीटी डे’ वैशाख १९ गते मनाउने भएको छ। यस वर्ष ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ नारासहित सरकारले ‘आईसीटी डे’ वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने सञ्चार तथा प्रविधि मन्त्रालयको साइबर सुरक्षा शाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ। यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन।
नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। सो हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका प्रमुख हरि बस्नेतलगायत रहनुभएको छ।