युवा प्रेम र आकर्षणको भावानालाई व्यक्त गरिएको रोमान्टिक भर्सनको 'तिम्रो लागि' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ काठमाडौँ महानगरपालिका –१६ बोहराटारस्थित एक जना चिकित्सकको कोठामा मृत भेटिएकी छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।
एक साताअघि काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको हत्या काण्डमा संलग्न भएको आरोपमा विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताउनुभएको छ।
सुख्खा पहिरोले अरुण नदी थुनिएपछि नदी किनारका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले अनुरोध गरेको छ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ऐक्यबद्धता जनाउनुभएको छ।
हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायाङ्कन नेपालमा हुने भएको छ । लियम नीसनको मुख्य भूमिका रहने ‘आइस रोड २’ सन् २०२१ को फिल्म ‘द आइस रोड’को सिक्वेल हो ।
भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किनुहुने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किन लाग्नुभएको हो ।
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरवस्था ।
एसीसी प्रिमियर कपको फाइनल खेल पनि वर्षाका कारण रद्द भए आयोजक नेपाल सोझै च्याम्पियन बन्नेछ ।
नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल भारत सीमा क्षेत्रमा देखिएको समस्या समाधान चाँडै हुने बताउनुभएको छ ।
बचतकर्ताको करोडौँ रकम लिई फरार भएका वीरगञ्जस्थित यादगार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक अझै पक्राउ पर्न सकेका छैनन् ।