स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा ६० जना कोरोना संक्रमित थपिएका हुन्। सोही समयमा ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ। आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘अधिकारका लागि हस्तक्षेप गरौं’ नारासहित १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२३ भोलि सोमबार मनाउनेभएको छ । जिफन्टले आज यहाँ पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
प्रहरीले वैदेशिक रोजगारिका लागि अष्ट्रेलिया र दुबई पठाउँछु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रकाउ गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकियो ।
दुहवी नगरपालिका –१० इनरुवा–दुहवी खडकखण्डको बुद्ध चौकमा सडक मिचेर बनाएको घर टहरामा डोजर चलेको छ । सडकमा सवारीको चाप बढ्दैगएको तर दुहबी १० सिमरियामा सडक मिचेर घर टहरा बनाउनेक्रम नरोकिएकाले अनाधिकृत संरचनामा डोजर लगाइएको हो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवम् वैज्ञानिक महावीर पुनबीच भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रनुभएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।
बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको छ ।
कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई नियन्त्रण गरी जनतालाई सुशासनको अनुभूति दिलाउन सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ७० दशमलव ६५ को बिन्दुमा कायम भएको हो।
आइतबार दिउँसो वीर अस्पतालको पुरानो घरको पर्खाल भत्किँदा चार जना घाइते भएका छन्।
झापाको दमकमा सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । दमक नगरपालिका वडा ९ स्थित बरगाछीमा स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।
नेपाल क्योकुशिन कराते-डो सङ्घ बज्र (आइकेओबी) अन्तर्राष्ट्रिय कराते सङ्गठनको आयोजनामा वैशाख २२ र २३ गते २१औँ राष्ट्रिय पुरुष खुला एवम् १४औँ राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।