चालु आर्थिक वर्षको चार महिनामा (साउन–कात्तिक) मा १८ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि कात्तिक महिनासम्म १७८ परियोजनामार्फत १८ अर्ब ३५ करोड ४३ लाख तीन हजार रुपियाँ एफडिआई आएको हो । कात्तिक महिनामा मात्र २७ परियोजनामार्फत एक अर्ब ७५ करोड रुपियाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो । चार महिनामा सबैभन्दा धेरै साना उद्योग १७०, मझौला पाँच र तीन वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको छ । नेपालमा सबैभन्दा सेवामूलक, उत्पादनमूलक, पर्यटन, सूचना प्रविधिमूलक क्षेत्रमा बढी विदेशी लगानी भित्रिने गरेको छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत पर्यटकीयस्थल वसन्तपुरमा विदेशी पर्यटकको घुइँचो लागेको छ ।
तिहारमा नबिकेर रहेको सयपत्रीलगायत फूल व्यापारीले निःशुल्क रूपमा आयुर्वेदिक औषधि बनाउन दिएका छन् ।
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गर्नुभएको छ।
नेपाल प्लाइउड म्यानुफेक्चर एसोसिएसनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका लागि ८०० थान त्रिपाल र २० रोल ओछ्याउने फोम जिल्ला प्रशासन कार्यालय बाँकेलाई प्रदान गरेको छ ।
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महोत्सव आजदेखि सुरु भएको छ । विश्व शान्तिको कामनासहित आगामी मंङसिर –८ गते महोत्सव आयोजना गरिएको छ ।
चीनबाट अनुदानमा प्राप्त भएको कोरोना भाइरसविरुद्धको ४० लाखमात्रा सिनोभ्याक खोप खेर जाने भएको छ ।
नेपाल कराते महासङ्घको आयोजनामा सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप मङ्सिर १६ गतेदेखि हुने भएको छ ।
नवलपुरको कावासोतीमा प्रथम नवलपुर मगर सांस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ । नेपाल मगर सङ्घ, नवलपुरको आयोजनामा सुरु भएको महोत्सव मङ्सिर ११ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
मोटरसाइकल जुधेर कपिलवस्तुमा एक युवाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ खैरी बजारमा दुई मोटरसाइकल जुधेर ३० वर्षीय युवाको मृत्यु भएको हो ।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकको दोखु क्षेत्रमा सडक बत्ती जडान भएपछि स्थानीय खुसी भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखु क्षेत्रका विभिन्न टोलमा सडक बत्ती जडान गरिएपछि स्थानीय खुसी भएका हुन् ।
नेपाली सेनाको रणशूर गुल्मबाट खटिएको फौजले खुम्बु पासाङ ल्हामु–५, लार्जादोभान इलाकामा भिरबाट लडेर घाइते भएका एक जनाको उद्धार गरेको छ ।
सूर्य उपासना अर्थात् सूर्यदेवको पूजा गरी अत्यन्त निष्ठा र उत्साहका साथ नदी पोखरी र अन्य जलाशयको डिलमा (किनारमा) मनाइने छठ पर्वका व्रतालुहरूको सुरक्षा र भिड नियन्त्रण गर्न विशेष कार्य योजना बनाइएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका अधिकारीलाई कामको गति बढाउन निर्देशन दिनुभएको छ । नेपालीका महत्त्वपूर्ण चाड पर्व सकिएको सन्दर्भमा अब कामलाई गति दिन उहाँले निर्देशन दिनुभयो ।
छठ पर्वको छुट्टै पौराणिक महत्त्व रहेको छ । हिन्दु धर्ममा सूर्य पूजाको परम्परा वैदिककालदेखि नै रहँदै आएको मानिन्छ । यसले समाजमा रहेका छुवाछूतलगायत विकृति हटाउन सहायक सिद्ध हुने संस्कृतिविद् डा भोगेन्द्र झाले बताउनुभयो ।