प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला २०८० मार्फत धादिङका उन्नति पाण्डे (युनिसा) प्रथम सल्यान्टार ‘डान्स आइडल’ बन्नुभएको छ ।
अहिले जनकपुरधामसहित तराई मधेसमा यस्ता लोकगीत गुञ्जिएका सुनिन्छन् । चार दिवसीय छठ पर्वको आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।
नेपालमा विकासका चाहना निकै बढी छ । विकासको माग हुनु पनि स्वाभाविकै हो तर विकास आयोजनामा भ्रष्टाचार भएको, आयोजनामा ढिलासुस्ती भएकोलगायतका खबरहरू सार्वजनिक हुने क्रम घट्नेभन्दा बढिरहेका छन् । पछिल्ला दिनमा त हरेक महिनाजसो भ्रष्टाचार भएका घटना बाहिर आउने गरेका छन् । केही समयअघि नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सय किलो सुन प्रकरणले निकै चर्चा पायो । यसअघि भ्रष्टाचारको कारबाहीको सन्दर्भमा ठुलामा
नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकिता गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशीको विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकिता गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्दे
आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा कुल आन्तरिक कर्जा १.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ३.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा यस्तो दाबी २९.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.७ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८० असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.६ प्रतिशतले बढेको छ । २.८ प्रतिशतले बढ्यो निक्षेप परिचालन
प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला–२०८० मा धादिङका उन्नति पाण्डे (युनिसा) प्रथम सल्यानटार ‘डान्स आइडल’ बन्नुभएको छ । पाण्डे २२ जना प्रतिस्पर्धीला
लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाजबाट पूर्ण स्वीकार नहुँदाको पीडा र आफ्नो प्रेमीसँगको सम्बन्ध खुलेर भन्न नपाउँदाको पीडा प्रस्तुत गरिएको छ । नाटक ‘मानिस हराएको सूचना’ मा यस्ता अने
चलचित्र ‘दिमाग खराब’ को प्रदर्शन नरोकिने भएको छ । बिहीबार प्रदर्शक र वितरकहरूको संस्था नेपाल चलचित्र सङ्घ र चलचित्र निर्माताबिच भएको छलफलबाट आगामी मङ्गलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ । सङ्घले जारी गरेको विज्ञप्तिमा मङ्सिर ५ गते मङ्गलबार पुनः छलफल गरी निष्कर्षमा पुग्ने सहमति अनुसार प्रदर्शन जारी राख्ने सहमति भएको उल्लेख छ ।
जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् । मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो । सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको वासस्थान बनेको छ ।
तिहारलगत्तै पर्ने छठमा फलफूलको मागसँगै मूल्य पनि बढेको छ । तिहारको तुलनामा छठमा केरा महँगो भएको छ । छठमा केरा बढी माग र खपत हुने भएकाले मूल्य बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार शुक्रबार केरा प्रतिदर्जन १५० देखि १७० रुपियाँमा कारोबार भएको छ । तिहारको दिनसम्म केरा प्रतिदर्जन ९० देखि १२० रुपियाँसम्ममा कारोबार भएको थियो । नेपाल फलफूल थोक व्यवसायी सङ्घका अनुसार छठमा बढी माग हुने भएकाले मूल्य बढेको छ । छठलाई लक्षित गरेर बजारमा केरा, मौसम, सुन्तलालगायतका फलफूल भारतबाट भित्र्याइएको छ भने स्याउ भारत र चीनबाट भित्र्याइएको छ ।
‘कफीको क्षेत्रको प्रवर्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ यस पटक १३ औँ राष्ट्रिय कफी दिवस मनाइएको छ । चाडपर्वका कारण कुनै औपचारिक कार्यक्रम गर्न नसके पनि विभिन्न क्षेत्रमा अनौपचारिक कार्यक्रम गरी यो दिवस मनाइएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय दिवसका अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै मात्रात्मक रूपमा थोरै उत्पादन भए पनि नेपाली कफीले विश्व बजारमा आफ्नो पहिचान स्थापित गरेको बताउनुभयो ।
चितवनको सौराहामा पर्यटकीय गतिविधिले लय समातेकै बेला चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी पनि सक्रिय भएका छन् । जङ्गल सफारी गरेर निकुञ्ज वरपर रहेका होटल, रिसोर्ट र लजमा बसेका स्वदेशी तथा विदेशी पर्यटक दुई वटा पोथी गैँडा मारिएको खबरले स्तब्ध भए । मारिएका दुई पोथी गैँडाका खाग र खुर दुवै गायव छन् । मारिएकामध्ये एउटा १० दिनअघि नै र अर्को तीन दिनअघि मारेर खाग र खुर लगिएको अनुमान चितवन राष्ट्रय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वले सामना गरिरहेका चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायले शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो । भारतमा सुरु भएको दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटलाई शुव्रmबार भर्चुअल सम्बोधन गर्दै भन्नुभयो, “यसका लागि आपसी विश्वासको निर्माण, साझेदारी र सहकार्य प्रवर्धन तथा एकताका साथ काम गर्नु महत्वपूर्ण छ ।” विश्वले कोभिड १९, जलवायु परिवर्तन र भू–राजनीतिक जटिलताका कारण धेरै प्रकारका चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै उहाँले यसबाट मुख्यतः अतिकम विकसित राष्ट्रहरूले समस्या झेलिरहेको पनि बताउनुभयो ।