कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका–११, बालगङ्गामा छ दिनअघि गाडिएको युवतीको शव खाल्डोबाट निकालेर परीक्षण गरिने भएको छ ।
कैलालीको धनगढीमा आज (शनिबार) बिहान भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा –१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ ।
त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८औँ सम्मेलन (कोप–२८) मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरका बारेमा स्पष्टसँग कुरा राख्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुम्बु क्षेत्रको कालापत्थरमा शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा ‘रुसी बौद्ध मन्दिर’ निर्माण सुरु भएको छ । १०८ वर्ष पुरानो रसियाको सेन्ट पिटरबर्गस्थित रसियन गुम्बाको प्रारूपसहितको मन्दिर निर्माण सुरु भएको हो ।
काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार पण्डित निष्ठानन्दको सालिक परिसर नःबहिल, ओमबहालमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पोल्याण्डको रेजेस्जो क्षेत्रका ट्रेड युनियनका किसानहरू पोल्याण्ड–युक्रेनी सीमामा पोल्याण्ड ट्रक व्यवसायीहरूले गरेको विरोधमा सामेल भएका छन् ।
गुल्मीमा बुधबार साँझदेखि सम्पर्कविहीन रहेका २८ वर्षीय राजु मृत फेला परेका छन् ।
कैलालीको धनगढीमा भीषण आगलागीबाट एक अस्पतालसहित सात वटा पसलमा क्षति भएको छ ।
यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने ५८ सवारी साधनले रकम फिर्ता गरेका छन् ।
चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो ।