• २७ वैशाख २०८२, शनिबार

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, मङ्सिर २ गते । धरान चतरा सडकखण्ड अन्तर्गत हेटौँडा –१७, बाबुचोकमा शुक्रबार साँझ स्कुटरले ठक्कर दिँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ ।

साँझ साढे ६ बजेको समयमा ठूलोदमारबाट हटियातर्फ आउँदै गरेको ना २५ प ८३५६ नम्बरको स्कुटरले बाटो काट्दै गर्नुभएकी पैदलयात्री गोपिनी बिकलाई ठक्कर दिएको हो । 

स्कुटरको ठक्करबाट गम्भीर घाइते हुनुभएकी बिकको हेटौँडा अस्पतालमा उपचारको क्रममा ६ः४६ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीले स्कुटर र स्कुटरचालक हेटौँडा –१, पीपलबोट बस्ने ३५ वर्षीय ईलेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।