काठमाडौं, मङ्सिर २ गते । दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
एसए प्रहरी आयुक्त ग्रान्ट स्टिभेन्सले ब्रेभेट सार्जेन्ट जेसन डोइग, ५३ को मृत्यु भएको पुष्टि गर्नुभयो । डोइगले एसएको भिक्टोरियाको सिमाना नजिक एडिलेडको २४० किलोमिटर दक्षिणपूर्वमा, ११ बजेर २० मिनेटमा माइकल हचिन्सन र रिबेका काससँग एक व्यक्तिले बोर्डटाउन नजिकै गोली हानेको बताउनुभयो । २६ वर्षीय हतियारधारी व्यक्तिले डोइगलाई गोली हानी मारेको बताइएको छ ।
स्टिभेन्सले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘‘सहकर्मी र प्यारामेडिकहरूले डोइगलाई बचाउने प्रयास गरे तर उनको घटनास्थलमै मृत्यु भयो ।’’ हचिन्सन, ६९ लाई पनि गोली लागेको छ । २६ वर्षीय सन्दिग्धलाई प्रहरीले गोली हानेको थियो र ज्यान जोखिममा परेका घाइतेको उपचारका लागि एडिलेड लगिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल