• ४ जेठ २०८३, सोमबार

सल्यानटार आइडलको उपाधि उन्नतिलाई

blog

काठमाडौँ, मङ्सिर २ गते । प्रथम सल्यान्टार कृषि प्रदर्शनी तथा व्यापार मेला–२०८० मा धादिङका उन्नति पाण्डे (युनिसा) प्रथम सल्यानटार ‘डान्स आइडल’ बन्नुभएको छ । पाण्डे २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै सल्यान्टार आइडल बन्नुभएको हो । डान्स आइडलको उपाधिसँगै पाण्डेलाई पुरस्कारस्वरूप नगद तथा ट्रफीसमेत प्रदान गरिएको छ ।

पाण्डेले यसअघि पनि स्थानीयस्तरमा आयोजना गरिएका विभिन्न नृत्य प्रतियोगितामा सहभागी बनेर उत्कृष्ट प्रदर्शन गरिसक्नुभएको छ । मेलामा स्थानीयस्तरमा उत्पादन भएका मास, भट्मास, एभोकाडोलगायतका कृषि उपज र कृषि औजार प्रदर्शनमा राखिएको थियो ।