• १२ मंसिर २०८१, बुधबार

चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट

blog

काठमाडौं, मङ्सिर १ गते । चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट बढाएको छ ।प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिनभन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्य र घरहरू गुमाएका छन् । केही विस्थापित व्यक्तिहरू अस्थायी आश्रयमा बस्न बाध्य छन् । तर खराब मौसमले उनीहरुको जनजीवन कष्टकर बनाएको छ ।

त्यस्तै, अर्का विस्थापित बासिन्दाले त्रिपालले वर्षाबाट आफूहरुलाई जोगाउन नसक्ने बताउनु भयो । उहाँले घरमा हुँदा कुनै समस्या नरहेको र अहिले आफ्नो जीवनमा असुरक्षित महसुुस गरेको बताउनुभयो । वर्षा भइरहेको अवस्थामा गाजा पट्टीमा कुनै सहायता नपाएको गुनासो गर्नुभयो ।

यसैगरी, अर्का विस्थापित महिलाले वर्षा, चिसो र बिजुलीबाट अभावमा जीवन कटाउनु परेको बताउनुभयो । अर्का विस्थापितले सबै पीडा भोगिरहनुपरेको तर कतैबाट सहयोग प्राप्त नभएको गुनासो गर्नुभयो । गाजाको अहिलेको अवस्था निकै कष्टकर रहेको उहाँको भनाइ थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल