जिल्ला कारागार बाँकेमा रहेका कैदी बन्दीहरूको मनोबल उच्च राख्न उत्प्रेरणा तथा मनोसामाजिक परामर्श दिइएको छ ।
हिमाली क्षेत्रमा पाइने जैविक विविधता तथा वनस्पतिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न आवश्यक रहेकोमा जोड दिइएको छ। दिगो जैविक स्रोतका लागि एसियाली नेटवर्क (एनसाव) र सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रममा जैविक विविधताको संरक्षण र सदुपयोग आवश्यक भएकोमा जोड दिइएको छ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार पुस १९ र २० गते राति अत्याधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । यसलाई भूतप उल्का वर्षा नाम दिइएको उहाँको भनाइ छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई थारु आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले प्रतिवेदन प्रमुख शेरचनलाई बुझाउनुभएको हो ।
थारु समुदायको कला संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुनेभएको छ ।
हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द भएको छ। कुलेखानी-महालक्ष्मीखोला-चखेल-देउराली-मातातीर्थ-सतुङ्गल सडक र कुलेखानी-फाखेल-फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो। कुलेखानी-फाखेल-फर्पिङ सडक स्तरोन्नतिका लागि आगामी चैतसम्म बन्द गरिने भएको छ।
“पुस २३ गते उम्मेदवारी दिने सम्बन्धमा एमाले पार्टीको प्रतिनिधि रहेको ९ सिट छ। यो ९ सिटको बारेमा के गर्ने भन्नेमा सरसल्लाह भयो। सरसल्लाह टुङ्गिएको छैन।”
राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङ (महेन्द्र भोटे)लाई अदालतले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ।
इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका-१ का चार वटा टोलमा सिँचाइका निम्ति कुलो निर्माण गरिएका हुन् ।
नेपाल बार एसोसिएसनले न्यायाधीशको रोलक्रम सम्बन्धमा जारी भएको न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन) का विषयमा परिषद्का सदस्य रामप्रसाद श्रेष्ठलाई छलफलका लागि बोलाएको छ ।
नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) हरू आफूहरूमाथि अन्याय र भेदभावपूर्ण व्यवहार भएको दाबीसहित न्यायको याचना गर्न सर्वोच्च अदालत पुग्नुभएको छ ।
बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ ठगी गरेका चार जना पक्राउ परेका छन् । करोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२४ बाङ्गेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकी पक्राउ परेका छन् ।
किरात राई समुदायमा हुर्किएर राष्ट्रसेवक निजामती कर्मचारीको अधिकृत तहमा पुगी जनताको सेवामा सक्रिय भूमिका निर्वाह गरिरहनुभएका एक अधिकृतसहित चार कर्मचारीलाई सम्मान गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशलाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने प्रतिबद्धता अनुरूप प्रदेश सरकारले आफ्नो कामकाज अगाडी बढाएको बताउनुभएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण अघि बढाउँदा रोजगारी र उत्पादन गुम्नेगरी वासस्थान निर्माण गरिनु नहुने धारणा राख्नुभएको छ ।