राष्ट्रपति रामचन्द्र पौडेल यही पुस २० गते गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । राष्ट्रपति पौडेलको दोस्रो पटकको गृह जिल्ला आउन लाग्नुभएको हो ।
चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्दै बढीभन्दा बढी नाफा कमाउने गरी काम गर्न नेपाल टेलिकमका व्यवस्थापक र कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आर्थिक सङ्कटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ।
दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताउनुभएको छ ।
प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् ।
हिउँदका बेला कञ्चनपुरका ताल तथा नदीलगायत सीमसार क्षेत्रमा बसाइँ सरेर आउने अप्रवासी चराको चहलपहल घटेको सम्बद्ध विज्ञको भनाइ छ । जलवायु परिवर्तनको असर, आहाराको कमीलगायत कारणले बसाइँ सरेर आउने चराको सङ्ख्यामा कमी देखिएको हो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरले निजामती सेवामा सातौं तहबाट सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ ।
न्यायपरिषदले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ ।
दक्षिण कोरियाको गाङवनमा आयोजना हुने चौथो शीतकालीन ओलम्पिक यूथमा सहभागी हुने नेपाली टिमलाई केल्मीले खेल पोसाक प्रायोजन गरेको छ ।
धरान उपमहानगरपालिकाको स्थापना दिवसको अवसरमा पाँच दिन धरान उत्सव मनाइने भएको छ।
सहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरूलाई आफ्नो पदीय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
फाइनलमा एपीएफ क्लबसँग पराजित भए पनि रुबिनाले कोशीका लागि सर्वाधिक ६२ रन बनाउनुभएको थियो । उहाँले उपाधिसहित यमाहाको स्कुटर पुरस्कार पाउनुभयो ।
रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगले विद्युत् काटिएका उद्योगको लाइन पुनः निःशर्त जडान गर्न माग गरेका छन्। उनीहरूले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।