काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पाँच महिनामा एक अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । साउनदेखि मङ्सिरसम्म एक अर्ब ६४ लाख २६ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । गत वर्ष सो अवधिमा ७१ करोड १० लाख ३९ हजार रुपियाँ सङ्कलन गरेको थियो । गत आवको तुलनमा २९ करोड रुपियाँ राजस्व सङ्कलन बढी हो । चालु आवमा १० अर्ब ८१ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य महानगरको रहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७८ असारमा आएको विनासकारी बाढीले सो आयोजनाको मुहान क्षेत्रलाई तहसनहसनै बनाएको थियो । बाढीले क्षति पुर्याएका संरचनामा अहिले पुनः पानी पथान्तरणका लागि काम भइरहेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
आर्थिक सङ्कटका कारण कच्चा पदार्थ अभाव भएपछि धनकुटामा रहेको एक मात्रै ठुलो उद्योग निगाले सिमेन्ट उद्योग बन्द भएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ सिधुवाँमा रहेको सिमेन्ट उद्योग बन्द भएको हो । दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले पछिल्लो समय तीन हजार बोरा मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो ।
तरकारीले बजार नपाएपछि सुर्खेतका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आसमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । २७ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएका वीरेन्द्रनगर नगरपालिका–१० का प्रेमबहादुर चर्मकारले तरकारीले बजार र मूल्य नपाउँदा बारीमा नै कुहिन थालेको बताउनुभयो । उहाँले २५ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएको छ । प्रतिकिलो ५० रुपियाँसम्ममा बेच्दै आएको टमाटर एक्कासि भाउ घटेर प्रतिकिलो २५ रुपियाँ पुगेपछि टिप्नै छाडेको उहाँले बताउनुभयो । छ/सात क्विन्टल टमाटर बारीमै नटिपेर कुहिन सुरु गरेको भन्दै उहाँले बजारको कुनै टुङ्गो नै नहुँदा समस्या भएको जानकारी दिनुभयो । मागभन्दा बढी तरकारी उत्पादन भएपछि तरकारी खपत नहुँदा घाटा हुन थालेको छ ।
गायक यश कुमारको शब्द, सङ्गीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ को भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित म्युजिकल सिनेमा भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रशंसा गर्नुभयो ।
पुस २७ गते प्रदर्शन हुने चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र कृष्णहरि बरालको शब्द रहेको छ । हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा चलचित्रमार्फत डेब्यु गर्दै गरेका अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी देखिनुभएको छ । गीतमा प्रेम र समर्पणलाई चित्रण गरिएको छ । दीपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलरमा हाँसो, रोदन, एक्सन, बिछोडलगायतका कुराको मिश्रण छ ।
स्थानीय निकायले जलविद्युत् आयोजनासँग मनोमानी कर मागेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकले मङ्गलबार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको ध्यानाकर्षण गराएका छन् । हालै सोलु कोरिडोरमा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन आयोजनामा सोलुदुधकुण्ड नगरपालिकाले कानुनविपरीत पत्र काटेरै कर मागेको गुनासो स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानमा गुनासो गरेका थिए । मङ्गलबार कोरिडोरका आयोजना प्रवर्धक कम्पनीका प्रतिनिधि र इप्पान अध्यक्ष गणेश कार्कीसहितको टोलीले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई भेटेर यो विषयमा ध्यानाकर्षण गराएको हो ।
सरकारले पानीजहाज निर्माण (सिप बिल्डिङ) मा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा भाषा परीक्षा फाराम भर्न तोकिएको समयमा दुई दिन थप भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशकस्तरको निर्णय अनुसार आवेदन दिने समय दुई दिन थप गरिएको हो ।
काठमाडौँ, पुस १९ गते । न्याय परिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश सिफारिस गरेको छ । परिषद्को बुधबारको बैठकले जिल्ला न्यायाधीश, न्याय, कानुन तथा सरकारी वकिल समूहका कर्मचारी र कानुन व्यवसायीबाट ३९ जनाको नाम सिफारिस गरेको हो । परिषद्को सिफारिसमा उच्च अदालतमा प्रधान न्यायाधीशबाट न्यायाधीशको नियुक्ति र पदस्थापन हुने व्यवस्था छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बिहीबार नेपाल आउँदै हुनुहुन्छ । यो उहाँको दोस्रो नेपाल भ्रमण हो । यसअघि उहाँ विदेशमन्त्रीमा नियुक्त भएलगत्तै सन् २०१९ मा नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँ बिहीबार बिहान काठमाडौँ उत्रनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हु्ँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्नुहुने छ ।
कैयौँ सफल अनुसन्धानका कारण प्रसिद्धि कमाएको धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले यतिबेला साख गुमाउँदै गएको छ । तरकारी र दलहनबाली, फलफूल तथा पशुपन्छीको नयाँ जात सिफारिस गर्नुका साथै बिउ उत्पादनमा निकै प्रगति गरेको यो केन्द्रको दुर्दशा आर्थिक र जनशक्ति कटौती हुन थालेपछि सुरु भएको हो । पूर्वी पहाडको कृषि विकासका लागि बेलायती सरकारको सहयोगमा २०२८ सालमा स्थापित केन्द्रलाई २०५५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । केन्द्र प्रमुख तीर्थराज रिजालले नेपाल सरकारको मातहतमा आएपछि कर्मचारी कटौती हुन थालेको र यसले गर्दा अनुसन्धानमा असर परेको जानकारी दिँदै भन्नुभयो, “केही समय राम्रैसँग सञ्चालन भयो । पछि क्रमशः बेवास्ता गरिन थालियो । अहिले त थलिँदै गएको छ ।” यसै केन्द्रका कारण पूर्वी पहाडमा धेरै कृषकलाई व्यावसायिक बन्न मद्दत मिल्नुका साथै यहाँको कृषि क्षेत्र नै फेरिन पुगेको छ । पाख्रीबासले अनुसन्धान गरेको पाख्रीबास कालो बङ्गुर, गिरिराज कुखुरा, खरी बाख्रा, विभिन्न तरकारी, दलहन तथा फलफूल अहिले पनि निकै लोकप्रिय छन् । नेपाली बजारमा कालो धराने बङ्गुर नामबाट प्रसिद्धि कमाएको यो जातको बङ्गुर केन्द्रले नै विकास गरेको हो । यसको वास्तविक नाम पाख्रीबास कालो बङ्गुर राखिए पनि धरानबाट यसले व्यावसायिकता पाएकाले धराने कालो बङ्गुरका नामले चर्चा कमाएको छ । कुनैबेला यसको पाठा लिन दुई वर्षसम्म पर्खिनुपर्ने हुन्थ्यो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीय पवित्रा तामाङको हत्या आरोपमा श्रेष्ठ दम्पती पक्राउ परेका छन् ।
हत्या गरिएका जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित भीडमा लगातार दुईवटा विस्फोट हुँदा इरानमा बुधबार कम्तीमा एक सय तीन जनाको मारिएको सरकारी मिडियाले जनाएको छ ।