समृद्धि पाण्डे नाटकमा राम्रो अभिनय गर्छिन् । थिएटरमा उनको नाटक मञ्चन असाध्यै जीवन्त हुने गर्छ । जो कोहीलाई पनि उनको प्रतिभा अभिनयकै लागि हो जस्तै लाग्छ । उनी विद्यालयको प्रतिभाशाली छात्रा हुन् । काठमाडौँको लोयला सेकेन्डरी स्कुलमा उनी कक्षा ७ मा पढ्छिन् । केही महिनाअघि काठमाडौँमा आयोजित १४ औँ राष्ट्रिय
हिउँद सुरु भएसँगै भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, बर्जु गाउँपालिका, गढी गाउँपालिका र कोशी गाउँपालिकाको अधिकतर घरपरिवारका गृहिणीहरूले दैनिक गोबर जम्मा गर्नु उहाँहरूको दिनचर्या नै हो ।
बरिसा थापा सात वर्षको भइन् । टिकटकमार्फत लाखौँ दर्शकको मन जितेर अघि बढेकी बरिसा राम्रो नृत्य गर्छिन् । उनको हाउभाउ र नृत्य गर्ने कलाकौशल सबैलाई लोभ्याउने खालको छ । सानै उमेरमा टिकटकबाट सबैमाझ परिचित उनको नृत्य कला तारिफ गर्न लायक छ । हेटौँडा स्थायी घरभएकी बरिसा रसोल ए
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताउनुभएको छ ।
सर्लाहीको हरिपूर्वा नगरपालिकामा छ महिनापछि कार्यपालिका बैठक बसेको छ । जनप्रतिनिधिबिचको विवाद र प्रमुख प्रशासकीय अधिकृतको अभावले यहाँ गएको असारदेखि कार्यपालिकाको बैठक बस्न सकेको थिएन ।
कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ । कर्णालीमा नेपालमै सबैभन्दा बढी १९ वर्षमुनिका गर्भवती हुने गरेको पाइएको हो । कर्णालीमा १९ वर्षमुनिका बालिका २१ प्रतिशत गर्भवती हुने गरेको २०२२ भएको नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणले देखाएको हो । स्वास्थ्य सेवा कार्यालयहरूबाट लिएको तंथ्याकअनुसार सबैभन्दा बढी ३८.८३ प्रतिशत जाजरकोटमा रहेका छन् भने सबैभन्दा कम कालिकोटमा २०.२० प्रतिशत १९ वर्षमुनिका बालिका बाल विवाह गरेर गर्भवती हुने गरेका छन् ।
नेपाल प्राकृतिक स्रोतसाधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेका प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन र त्यहाँभित्र पाइने जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटी वनस्पति नेपाल र नेपालीका लागि मात्र होइन समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको अद्वितीय उपहार मान्न सकिन्छ ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा निर्माणाधीन अस्पतालमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर ५ चिसापानीमा निर्माण भइरहेको १५ शøयाको अस्पताल भवनमा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग भएको पाइएको हो ।
हरेक दिन बिहानै उठेर मनतातो पानी कम्तीमा एक–डेढ गिलास र बढीमा तीन–चार गिलास पिउने गरेमा हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुग्छ । अचेल चिकित्सक र जनस्वास्थ्य विद्हरूले राति सुत्नुअघि पनि मनतातो पानी एक–डेढ गिलास पिउन सल्लाह दिने गरेका छन् । हाम्रो शरीरमा पानीको ज्यादै महत्व रहेको छ तर पनि हामीले बिहान उठेर खाली पेटमा मनतातो अथवा चिसै पिउन सक्नेले चिसै भए पनि पानी पिउन खोज्दैनौँ, किन ?
बागलुङ जिल्लाको मध्यभागमा रहेको ताराखोला गाउँपालिका साबिकका अर्गल, अमरभूमि, हिल र तारा गाविसलाई समावेश गरेर बनाइएको हो । ताराखोला गाउँपालिका ढुङ्गा खानीका रूपमा परिचित छ । यो कृषि, पशुपालन र जलविद्युत्मा पनि राम्रो सम्भावना भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष धनबहादुर विश्वकर्मासँग गोरखापत्रका समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गर्नुभएको हो ।
रातु नदी ठेक्काको विषयलाई लिएर विरोध, बहस र विवाद चलिरहेको बेला बर्दीबास नगरपालिकाले उत्खनन क्षेत्रको अनुगमन गरेको छ । नगर प्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारी, नगरपालिकाका प्राविधिक, सञ्चारकर्मी एवं सर्वसाधारण सम्मिलित टोलीले उत्खनन क्षेत्रको बुधबार संयुक्त अनुगमन गरेको हो ।
पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो ।