नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक हस्तक्षेप नत्यागेसम्म विश्वविद्यालयमा सुधार हुन नसक्ने बताउनुभएको छ । सुनकोशी इन्द्रावती समाजद्वारा आज बिपी कोइराला लायन्स तथा अध्ययन केन्द्र महाराजगञ्जमा आयोजित ‘सम्मान एवम् प्रमाणपत्र वितरण’ कार्यक्रममा उहाँले विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप त्याग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रमा कुर्सीका लागि सत्तापक्ष र प्रतिपक्ष नै नरहने अवस्था आउनु दुःखद भएको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रदेश विकासे योजनाको निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्कनुभएको छ । प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीसँग भेटघाट गर्ने क्रममा उहाँ बिहीबार बैतडी पुग्नुभएको हो ।
नेपाल चिकित्सक सङ्घले काठमाडौं मेडिकल कलेज (केएमसी) मा निलम्बनमा परेका चिकित्सकलाई उचित न्याय प्रदान गर्न माग गरेको छ ।
नवलपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाले आक्रमण गरी कावासोती नगरपालिका –८ का ६५ वर्षीय पतिराम महतोलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
निर्वाचन आयोगले निर्वाचन अधिकृत परिवर्तन गरेको छ । बुधबारको न्याय परिषद् बैठकको निर्णयका आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै आयोगले आफ्नो पूर्व निर्णय परिवर्तन गरेको हो ।
कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको यातायात बन्द फिर्ता लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार बुटवल आउनुहुने भएको छ । शुक्रबार बुटवलमा हुने जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि राष्ट्रपति पौडेल बुटवल आउन लाग्नुभएको हो ।
। नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक काठमाडौंस्थित होटल याक एण्ड यतिमा सुरु भएको छ । बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसहित प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ ।
परराष्ट्रमन्त्री एनपी साउदसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले भेटवार्ता गर्नुभएको छ ।
सन् २०२४ लाई जनकपुरधाम भ्रमण वर्षका रुपमा मनाउन जानकी मन्दिर प्राङ्गणबाट ‘भिजिट जनकपुरधाम २०२४’ को सुरु गरिएको छ ।
जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।
घाँटीमा धारिलो हतियार प्रहार हुँदा घाइते बनेका दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे–म्युङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर जटिलताबाट बच्न कडा निगरानीको खाँचो रहेको सियोल नेसनल युनिभर्सिटी अस्पतालका चिकित्सकले बिहीबार बताएका छन् ।
म्यानमाको राज्य प्रशासन परिषद्ले देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको उपलक्ष्यमा बिहीबार नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाइने बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा आज जनकपुरधाममा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रममा प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउन अभियान थालिने बताउनुभयो ।