नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले १५० सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । विधानमा २९९ जना केन्द्रीय सदस्य भनिए पनि हाल ४११ पुर्याएकोमा चौतर्फी आलोचना भएपछि केन्द्रीय समिति चुस्त र कामकाजी बनाउन १५० जनाको प्रस्ताव गरेको समितिले जनाएको छ ।
नेपालमा आयातित चिजका कारण स्वदेशी चिज बिक्री नभएकाले उद्योग नै बन्द हुने अवस्थामा पुगेको भन्दै उद्योगीले कृषि तथा पशुपन्छी विकासमन्त्रीसमक्ष गुनासो गरेका छन् । चिज उद्योगीको छाता सङ्गठन हिमालयन चिज उत्पादक सङ्घ इलामले बिहीबार कृषिमन्त्री डा. वेदुराम भुसाललाई ज्ञापनपत्र बुझाउँदै सो गुनासो गरेको हो । उद्योगीको गुनासो सुनेपछि कृषिमन्त्री भुसालले आयात नियन्त्रण गर्न आफूले प्रयास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सन् २०२३ को ११ महिनामा आन्तरिक उडानतर्फ ७७ लाखभन्दा बढी यात्रुले हवाई यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा आन्तरिकतर्फ ७७ लाख ९४ हजार २१७ यात्रुले हवाई यात्रा गरेका हुन् । उक्त सङ्ख्या सन् २०२२ को तुलनामा ३७.४८ प्रतिशतले बढी हो ।
नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आउनुभएका भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर बिहीबार व्यस्त हुनुभयो।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकबाट उत्पादित झण्डै १३ मेट्रिकटन रैथाने बाली सहकारी संस्थामार्फत बिक्री गरिरहेको छ।
थारु आयोगले थारु समुदायको विविध सवालमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र बुद्धिजीवीसँग छलफल गरेको छ । आज धनगढीमा कार्यक्रम आयोजना गरेर आयोगले थारु समुदायका लागि हुनुपर्ने नीतिगत व्यवस्था, समावेशिता, पाउनु पर्ने सेवा सुविधालगायतको विषयमा छलफल गरेको हो ।
कैलारी गाउँपालिका–६ बेनौलीकी प्रमीला चौधरीका बच्चाले सिङ्गडा (तालमा पाइने फल) खाने रहर गरे । बच्चाको रहर पूरा गर्न करै लागेपछि उहाँले धान दिएर सिङ्गडा साट्नुभयो ।
भोजपुरको पूर्वी अरुण गाउँपालिकाले आज बिहीबार नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सालिकराम खत्री, संविधान सभा सदस्य लोकमणि ढकाल र उपाध्यक्ष विनीता ढकालले एकसाथ नवनिर्मित प्रशासनिक ट्रस भवनको उद्घाटन गर्नुभएको हो ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक विभिन्न चारवटा सम्झौतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । बैठकमा द्विपक्षीय सम्बन्धका समग्र विषयका साथै आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा भएको छ । दुवै देशबिच सम्पर्क सञ्जाल विस्तार, व्यापार, जलस्रोत, ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
घोराही उपमहानगरपालिका-६ का किसान भीमबहादुर डाँगीले दुई दुहुँना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा बर्सिन घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलो भएको छ ।
भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रुपियाँ अनुदान सहयोग दिने भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उहाँविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नारायणहिटीलाई ग्राण्ड म्युजियमका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ ।