महिला हिंसा र बालविवाहविरुद्ध वर्षौँदेखि अभियान सञ्चालित कर्णाली प्रदेशमा ७२ प्रतिशतभन्दा बढी बालविवाह हुने गरेको छ । मानव सूचकाङ्कमा पछाडि रहेको कर्णालीमा सबैभन्दा धेरै बालविवाह सल्यान र रुकुममा हुने गरेको छ । कर्णाली प्रदेश योजना आयोगले दिएको जानकारी अनुसार सल्यानमा ७५.७६ र रुकुमपश्चिममा ७५.२७ प्रतिशत बालविवाह हुने गरेको छ । दैलेखमा ७४.८९, जुम्लामा ७३.६३ र जाजरकोटमा ७२.७८ प्रतिशत बालविवाह हुने गरेको छ । मुगुमा ७२.३२, कालीकोटमा ७०.९४, सुर्खेतमा ७०.७६, डोल्पामा ६१.८७ र सबैभन्दा कम हुम्लामा ६०.४३ प्रतिशत बालविवाह हुने गरेको जनाइएको छ ।
पातारासी गाउँपालिका–७ की ३० वर्षीय कल्पना बुढा जुम्लाकी एक्लो महिला अटोचालक हुनुहुन्छ । महिलाले चलाएको भनेर धेरैजसो यात्रुले हौसला पनि दिने गरेका छन् । कल्पनाका बुवा भैरबहादुर बुढा हल्कारा हुनुहुन्थ्यो । कल्पनाले स्थानीय महारुद्र आधारभूत विद्यालय पटमारामा कक्षा ४ सम्म अध्ययन गर्नुभयो । त्यसपछिका दिनमा सरस्वती मावि हुँदै जिल्ला सदरमुकामको चन्दननाथ मावि खलङ्गामा अध्ययन गर्नुभयो । ७ कक्षामा अध्ययन गर्दै गर्दा गाउँकै एक जनासँग कल्पनाले विवाह गर्नुभयो । विवाहपछि श्रीमान्ले अर्कै युवती लिएर भारततिर भागेपछि कल्पनाको सङ्घर्षका दिन सुरु भए ।
चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ ।
केही दिनअघि तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सख्त घाइते भएका पश्चिम दाङका एक किशोरको उपचारको क्रममा ज्यान गयो । उनको ज्यान जानुका कारण तीव्र गति भएको पुष्टि प्रहरीले ग¥यो । गत सोमबार विद्यालयबाट घर फर्कंदै गरेका आठ वर्षीय बालक सागर चौधरीलाई यात्रुवाहक बसले तुलसीपुर उपमहानगरपालिका–१८, दुधरासमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विकासे योजनाको अनुगमन तथा निरीक्षण गर्न जिल्ला भ्रमणमा निस्कनुभएको छ । सोही क्रममा उहाँ बैतडी जिल्ला आइपुग्नुभएको छ । यस प्रदेशका नौ वटै जिल्लामा पुगेर स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला निकायसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि दरखास्त माग गरिएको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्तिका लागि दरखास्त आव्हान भएको हो ।
सशस्त्र प्रहरीले प्रहरी निरीक्षक सहित २८८ जनाको आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ ।
नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ । अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो । २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिन्धुली कलाघरबिचको सहकार्यमा सुन्दर नेपाल कला कार्यशाला सुरु भएको छ । तीनदिने कार्यशालामा २१ कलाकारले सिन्धुलीको ऐतिहासिक धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको कुरालाई आफ्ना चित्रमार्फत प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारद हार्तम्छाली, उपकुलपति लालकाजी लामा तथा देशका विभिन्न प्रदेशका कलाकारको उपस्थिति रहेको थियो ।
प्रतिनिधि सभाको कामकारबाही तालिकाबद्ध गर्न सभामुख देवराज घिमिरेले कार्यतालिका (क्यालेन्डर) निर्माणको परामर्श थाल्नुभएको छ । सभामुख घिमिरेले बिहीबार राजनीतिक दलका प्रमुख सचेतकसँग क्यालेन्डर निर्माण गरेर सभा र समिति सञ्चालनबारे परामर्श लिनुभएको हो । तत्कालका लागि कम्तीमा १५ दिनदेखि बढीमा एक महिनासम्मको क्यालेन्डरमा सचिवालयले गृहकार्य गरेको छ । सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले कार्यतालिकाबारे सचिवालयले पनि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखको परामर्शसँगै सचिवालयले विषयवस्तु पहिचान र कार्य दिनलगायतका विषय समेटेर कार्यदलको प्रारम्भिक मस्यौदामा काम गरिरहेको छ ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पुस अन्तिमदेखि काठमाडौँमा वितरण गर्ने उद्देश्यसाथ सुरुङ सफाइ र मर्मत तीव्र पारिएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार २०७८ को भीषण बाढीले पुरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट बालुवा, माटो र ढुङ्गा हटाउने कार्य ७० प्रतिशत पूरा भएको छ । उहाँले बाँकी काम बढीमा १० दिनमा सम्पन्न हुने र पानी पथान्तरण सुरु हुने बताउनुभयो ।