जनसङ्ख्याविद्ले बढ्दो जनसाङ्ख्यिक असन्तुलन र आप्रवासनका कारण भविष्यमा उत्पन्न हुने समस्या निराकरण गर्न जनगणनाका परिसूचकको वैज्ञानिक र व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउनुहुँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ ।
भीरबाट लडेर चिशङ्खगढीमा एक जनाको मृत्यु भएको छ । वडा नं-७ डाँडाका करिब ४५ वर्षीय दीपक राईको भिरबाट लडेर मृत्यु भएको हो।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताउनुभएको छ।
स्पेनिस पावर हाउस रियल म्याड्रिडले ला लिगामा जितको यात्रा जारी राखेको छ । शीर्ष स्थानमा रहेको रियलले घरेलु मैदानमा बुधबार राति भएको खेलमा मालोर्कालाई १–० गोलले हरायो ।
इलामको सूर्याेदय नगरपालिका-७ कन्याममा २३ करोडको लगानीमा अर्थाेडक्स चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र निर्माण भएको छ । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ ।
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।
नेपाल चेम्बर अफ कमर्स गोरखाले आयोजना गरेको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।
आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएसँगै नेपालको बिजुलीले विशाल बजारमा सहज प्रवेशको अवसर पाएको छ ।
जानकी मन्दिरबाट राम जन्मभूमि अयोध्याका लागि भार (कोसेली ) बोकेर जनकपुरधामवासी अयोध्याका लागि प्रस्थान भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पुल्चोकको हरिहरभवनमा रहेको मन्त्रीनिवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।
अन्नपूर्ण पदमार्गमा गत सन् २०२३ मा २१ हजार दुई सय ४७ जना विदेशी पर्यटक आएका थिए । यस पदमार्गमा एक वर्षको अवधिमा आएका पर्यटकमध्ये १२ हजार ९८१ पुरुष र आठ हजार दुई सय ६६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्र धारापानीले जनाएको छ ।
मुलुकमा धार्मिक साम्प्रदायिकताविरोधी आवाज उठिरहेको बेला रुपन्देहीबाट धार्मिक सद्भावको सन्देश दिइएको छ।
क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगिता र घरेलु प्रतियोगिता तथा कार्यक्रमहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा मोटरबोट सञ्चालनमा ल्याइएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि यहाँ मोटरबोट सञ्चालनमा ल्याइएको हो ।