धरान सहर स्थापना भएको १२३ औं अवसरमा बृहत् सरसफाइ कार्यक्रम गरिएको छ ।
बङ्गलादेशको आम निर्वाचन जनवरी ७ मा सुरु हुने भएकाले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ ।
सङ्घीय संसद्को झल्को दिनेगरी यहाँको सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद् अभ्यास गराइएको छ । यसरी सङ्घीय संसद्को झल्को दिनेगरी सिद्धबाबा माध्यमिक विद्यालयमा विद्यार्थीलाई नमुना युवा संसद्को अभ्यास गराइएको हो ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा चार किलोमिटरसम्म दुईतर्फी कालोपत्र गरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा चार किलोमिटर दूरीमा दुईतर्फी कालोपत्र गरेको हो ।
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । जापानको इशिकावा प्रिफेक्चरले जारी गरेको तथ्याङ्कअनुसार भूकम्पका कारण प्रिफेक्चरमा ७८ जनाको मृत्यु भएको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफूले पाएको सेवा सुविधाबाट विद्यार्थीलाई विद्यालय पोसाक वितरण गर्नुभएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुद्दा दायर गर्नुभएको छ ।
बुद्धकालीन उपचार पद्धतिका रूपमा हाल प्रचलनमा रहेको सोवा रिग्पा उपचार प्रणालीलाई सरकारी अस्पतालमा पनि विस्तार गर्न र यससम्बन्धी शिक्षालाई अन्य चिकित्सा जस्तै दर्ता गराउन सरोकारवाला निकायका प्रतिनिधि सहमत भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतीय विदेशमन्त्री डा. एस जयशंकरले भेट गर्नुभएको छ ।
रामेछापमा तोकिएभन्दा दोब्बर बढी भाडा असुल्ने शव वाहन कारबाहीमा परेको छ ।
नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सिक्किमबाट आउनुभएका रिन्छेन गुरुङलाई सोमबार दिउँसो बुढासुब्बा मन्दिरमा दर्शनका लागि घन्टौँसम्म पालो पर्खिरहँदा पनि दिक्क लागेन । दोस्रो पटक बुढासुब्बाको दर्शन गर्न आउनुभएका गुरुङले भाकल पूरा गर्न आउनुभएको थियो । उहाँले भन्नुभयो, “बुढासुब्बा प्रति ठूलो धार्मिक आस्था र विश्वास भएकाले नै दर्शन गर्न आएको छु ।”
म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।
सम्भव नेपालद्वारा ७ थान “ख” वर्गको एम्बुलेन्स गोरखाका ७ वटा गाउँपालिकाहरूलाई हस्तान्तरण गरिएको छ । बिहीबार गोरखा समन्वय समितिको प्राङ्गणमा एक कार्यक्रमकाबिच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिकाका प्रमुखहरूलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गर्नुभएको हो ।