तानसेनलाई ढाका कपडाको राजधानी घोषणा गरिएको दुई वर्षमा पनि उत्पादनलाई प्रोत्साहन गर्ने खालका केही कार्यव्रmम ल्याइएको छैन । २०७८ साल चैत १२ गते तानसेनलाई ढाकाको राजधानी घोषणा गरिएको थियो । ढाकाको राजधानी घोषणा गरेपछि ढाकाका कपडा उत्पादनमा वृद्धि हुने र ढाकाका कपडाको उपयोगबारे नीति बन्ने अपेक्षा व्यवसायीको थियो । ढाकालाई ब्रान्डिङ गर्न ‘राजधानी’ घोषणा गरिए पनि स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारबाट कुनै सहयोग नपाएको उद्योगीले बताएका छन् । तानसेनस्थित पौड्याल ढाका उद्योगका सञ्चालक मनोज पौडेलका अनुसार सो घोषणापछि ढाका कपडा व्यवसायीले प्रशिक्षण, प्राविधिक सहयोग, तालिम केन्द्रको व्यवस्थालगायत सहयोगको अपेक्षा गरिएको थियो ।
म्याग्दीमा निर्माणाधीन दुई आधारभूत अस्पताल अलपत्र परेका छन् । ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’योजनाअन्तर्गत मङ्गला र धौलागिरि गाउँपालिकामा निर्माण सुरु भएका दुई अस्पताल भवनको काम निर्माण व्यवसायीले ढिलासुस्ती गरेपछि अलपत्र परेका हुन् ।
संवैधानिक रूपमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क भनिएको छ तर सरकारी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवाका लागि नाम लेखाउनसमेत पैसा तिर्नुपर्ने बाध्यता छ । पुस १७ गते प्रदेश अस्पताल सुर्खेतमा ७१ वर्षीय वृद्ध आमा छोराको पर्खाइमा हुनुहुन्थ्यो । उपचारका लागि ओपिडी सेवाको कार्ड बनाउने नाम लेखाउन टोकन लिएर बस्नुभएको थियो । ६६ नम्बरको टोकन लिएर बसे पनि टिकटका लागि २५ रुपियाँ नहुँदा पालो २१५ नम्बरमा पुगिसकेको थियो । कार्ड लिनका लागि खुद्रा पैसा ल्याउन सूचना टाँस गरिएकाले कतिपयले हजार, पाँच सयको नोट साट्दै हिँडेको पनि काउन्टरमा देख्न सकिन्छ । सेवाप्रदायक संस्थाले सेवाग्राहीलाई सहज सेवा दिनुपर्नेमा खुद्रा ल्याउन भन्दै उल्टै दुःख दिइरहेको पाइन्छ ।
वैदेशिक रोजगारीका क्रममा भित्रिएको विप्रेषणबाट घर चलाउन सजिलो भए पनि तनहुँमा ज्यान गुमाएर आँसु बगाउने परिवार पनि थुप्रै छन् । एक वर्षको अवधिमा तनहुँबाट वैदेशिक रोजगारीमा गएका १८ जना पुरुषले ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द गरिएको छ । कुलेखानी–महालक्ष्मीखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक र कुलेखानी–फाखेल–फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो ।
जाजरकोट भूकम्पको दुई महिनासम्म अधिकांश पीडित त्रिपालमै बस्न बाध्य भएका छन् । भूकम्पमा रुकुमपश्चिमका ५३ जनाको मृत्यु भएको थियो । करिब ३२ हजार घरपरिवार घरबासविहीन भएका थिए । भूकम्पपछि खोज, उद्धार, उपचार र राहत वितरणको काम प्रभावकारी भए पनि अस्थायी आवास निर्माणको काममा ढिलाइ भइरहेको छ । दुई महिनासम्म त्रिपालमै बस्नु परेको भूकम्पपीडितको गुनासो रहेको छ । स्थानीय सरकार अस्थायी आवासमै केन्द्रित भएको बताइन्छ ।
गुड (सखर) का लागि प्रसिद्ध बैतडी जिल्लामा पछिल्लो समय गुड पाउन मुस्किल हुन थालेको छ । परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा गुड पकाउने चलन हराउँदै गएको छ । स्थानीय सरकारले गुड उत्पादनमा प्रोत्साहन नगर्दा यस कामप्रति कसैले चाँसो नदिएको स्थानीयवासी बताउँछन् । विगतका वर्षमा ३० ताउला उखु पेल्दै आउनुभएका सिगासका लालमणि भट्टले यो वर्ष पाँच ताउला गुड तयार भएको बताउनुभयो ।
बोलीचालीको भाषामा महिला वर्गलाई एकमुष्ट सम्बोधन गर्नुपर्दा ‘आधा आकाश’ भनिने गरिएको छ । पारिवारिक संरचनामा नारी–पुरुष एक रथका दुई पाङ्ग्रा जस्तै हुन् । एउटाबिना अर्कोको अस्तित्व रहँदैन । परम्परागत सामाजिक संरचनामा नेपाली महिलाको भूमिका सीमित गरिएका कारण समग्र देशकै आर्थिक तथा सामाजिक क्षेत्रमा वाञ्छित रूपान्तरण गर्न सकिएन । महिलाको प्रभावकारी भूमिकाबिना नेपाली समाजले उन्नतिको छलाङ मार्न सक्दैन भन्ने स्पष्टै छ । फलस्वरूप राज
रुखबाट लडेर बुधवार दिउँसो घाइते भएका तनहुँको एक वृद्धको मृत्यु भएको छ । भिमाद नगरपालिका–५ मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
सन्तुलित समाजमा सुख, शान्ति र अमनचयन कायम भए उन्नतिको बाटो सहज हुन्छ, सन्तुलन बिग्रँदा विग्रह हुन्छ । अहिले विश्वमा वस्तु, आय वा सम्पत्तिको उपलब्धताभन्दा वितरणमा असन्तुलन छ । विश्वको कुल भूभागमध्ये तीन चौथाइ भाग पानीले ढाकेको छ । वितरणमा भएको असन्तुलनले कतै पानी बढी छ, कतै पिउने पानीको समस्या छ । कतै बाढी, पहिरो र डुबान त कतै खडेरी छ । खानेकुरामा पनि असन्तुलन छ । विश्व खाद्य सङ्गठनका अनुसार विश्वमा करिब चार अर्ब मेट्रिक टन खानेकुरा
राजनीतिक विकासक्रमले संविधानको विकास गर्छ भने संवैधानिक विकासले राजनीतिक व्यवस्था बलियो बनाउँछ । त्यसका लागि नेतृत्व विकास तथा लोकतान्त्रिक संस्कारले नितान्त भूमिका खेलेको हुन्छ । २००७ सालदेखिको राजनीतिक विकासक्रमले विभिन्न चरणको संवैधानिक विकासक्रमलाई पार गर्दै बल्ल २०७२ सालमा आएर जनताले अपेक्षा गरे अनुसारको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान प्राप्त भएको छ ।
इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न थालिएको छ । माई नगरपालिका १ र ९ को बिचमा पर्ने तीनकुने क्षेत्रमा पोखरी निर्माण गरी सिमसार क्षेत्रको संरक्षणको काम समेत भइरहेको छ ।
सरकारको एक वर्षको कार्यसम्पादन र उपलब्धिमाथि चौतर्फी समीक्षा भइरहेका छन् । मुख्य गरी तीनथरी मत आएका छन् । यी मत सरकारको सकारात्मक काम, सरकारको आलोचनात्मक टिप्पणी र स्थिर अवस्था हुन् । सरकार र विभिन्न मन्त्रालयका कार्यसम्पादन हिजो र आजको तथ्य र तथ्याङ्क विश्लेषण गर्दा विश्व समाज जसरी अगाडि बढेको देखिन्छ, सोही अनुसार नेपाली समाज सकारात्मक भएको देखिन्छ । भ्रम हाम्रो आँखामा होइन, मस्तिष्कमा छ । त्यसलाई हटाउन तथ्य के
यस शैक्षिक सत्रदेखि विद्यालय तहको नयाँ पाठ्यक्रमले पूर्णता पाएको छ । नयाँ पाठ्यक्रम अनुसार कक्षा १–३ मा एकीकृत पाठ्यक्रम, कक्षा ४–८ मा ५० प्रतिशत आन्तरिक मूल्याङ्कनमा आधारित र ९–१२ मा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको छ । तीन घण्टे लिखित परीक्षाले विद्यार्थीका वास्तविक क्षमताको पहिचान गर्न नसक्ने कुरालाई आत्मसात् गरी विद्यार्थीको निरन्तर र सर्वाङ्गीण मूल्याङ्कनलाई जोड दिनुपर्ने मान्यता नयाँ पाठ्यक्रमले लिएको छ ।
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ ।