अर्घाखाँची समाज जापानको पाँचौँ अधिवेशन टोकियोमा सम्पन्न भएको छ । सम्पन्न कार्यक्रमको उद्घाटन समाजका अध्यक्ष दीपक थापाको अध्यक्षता महासचिव नारायण भुसालले सञ्चालन गर्नुभएको थियो ।
सल्यान :कपुरकोट गाउँपालिकाले खरको छानोमुक्त गाउँपालिका अभियान अघि बढाएको छ । रकम अभावका कारण खरको छानामुनि जीवन बिताइरहेका नागरिकलाई गाउँपालिकाले जस्तापाता दिन थालेको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताउनुभएको छ ।
जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो ।
उत्तरी मोरङको जङ्गल क्षेत्रका गाउँमा हात्ती आतङ्क भइरहेको बेला मोरङको दक्षिणपूर्वी रतुवामाई नगरक्षेत्रमा पनि हात्ती देखिएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।
प्रहरीले बुधबार बिहान फरार भएका सिन्धुपाल्चोक बाह्रबिसेका कमल खड्कालाई काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट आज बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले प्रहरी वृत्त महाराजगञ्जबाट थुनछेक बहसका लागि अदालत लैजाने क्रममा खड्का हतकडीसहित फरार भएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।
भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो ।
हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट स्राेत नखुलेको रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीता मढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।
मानिसको मुटु हरदम चलिरहन्छ । मुटुको प्रत्येक धड्कनसँगै धमनी हुँदै शरीरमा रक्तसञ्चार हुने गर्छ । मुटको यही खुम्चिने र फुक्ने क्रियाले नै धमनीमा स्पन्दन पैदा गर्छ । चिकित्सकले नाडी छामेर मुटुको धड्कन गन्न सक्छन् । धड्कनले नाडीको दर निर्धारण गर्छ । मुटु कत्तिको धड्किँदैछ र कत्तिको बलियो छ भन्ने कुरा नाडीले नै बताउँछ । यदि नाडीको
भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिमको चौरजहारीमा भूकम्प प्रतिरोधी एकीकृत नमुना बस्ती निर्माण सुरु भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर १२ को टाकुरी टोलमा २१ वटा घर निर्माणको थालनी गरिएको हो ।
सुन्दा अचम्म लाग्न सक्छ जुम्ल्याहा सन्तान या उस्तै देखिने मान्छेमा समेत एकै किसिमको मिल्ने औँठाछाप हुँदैन । यही तथ्य रहस्य पत्ता लगाउन अपराध अनुसन्धान गर्न र चोर पक्रिनमा उपयोगीसिद्ध भएको छ । मानिसको छालाको तन्तुका दुई तह हुन्छन् । भित्री तह बाक्लो हुन्छ जसलाई कोरियम भनिन्छ भने बाहिरी तहलाई एपिडेर्मिस भनिन्छ, जुन पातलो हुन्छ । चिसो रगत हुने प्राणीका छालाका यी दुई तह एकआपसमा टम्म मिलेका हुन्छन् र पर्वतका प्याटर्न देखिन्न तर मानिसमा भने निश्चित आकारको प्याटर्न निर्माण भएको हुन्छ । जसले गर्दा मान्छेपिच्छे औँठाछाप फरकफरक हन्छ । औँठाछापको वर्गीकरण गर्ने पद्धतिको विकास एड्वार्ड हेनरीले गरेका थिए ।
बाल कलाकार आयुषा गौतम सानी छिन् तर उनले दोहोरी गीत गाउन सुरु गरिन् भने ठुला मान्छे पनि चकित पर्छन् । दर्शकको मन जितिरहेकी छन् । आयुषा गौतम कागेश्वरी मनोहरामा रहेको अक्ष्यरिका स्कुलमा कक्षा ६ मा पढ्छिन् । ११ वर्षकी आयुषा लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । सानैमा गायन क्षेत्रमा नाम कमाउन सफल उनी दर्शकको मनमा बस्न सफल भएकी छन् ।