म्याग्दी सदरमुकाम बेनीमा माघे सङ्क्रान्ति मेला सञ्चालन हुनेभएको छ । मौलिक कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिको आयोजनामा पुस २९ गतेदेखि माघ २ गतेसम्म मेला सञ्चालन हुने भएको हो ।
कोरोना महामारीमा विभिन्न दातृ निकायबाट अनुदानमा प्राप्त भएका स्वास्थ्यसम्बन्धी उपकरण प्रयोग नै नभई थन्किएका छन् ।
आज 'भूतप' उल्कावर्षा हुने भएको छ । बिहीबार राति देखिने उल्का वर्षा उत्कृष्ट अवस्थामा पुग्ने भएकाले नेपालबाट पनि अवलोकन गर्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयले जनाएको छ ।
बुढानीलकण्ठ नगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई दश लाख रुपियाँ विद्युत महसुल बापतको बक्यौता रकम प्रदान गरेको छ ।
कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् ।
बङ्गलादेशका निर्वासित विपक्षी नेता तारिक रहमानले आफ्नो पार्टीको बहिस्कारको बचाउ गर्दै एएफपीलाई दिएको विशेष अन्तर्वार्तामा बङ्गलादेशमा आइतबार हुने निर्वाचन प्रधानमन्त्री शेख हसिनाको शासनलाई बलियो बनाउन गरिएको ‘ढोङ’ मात्र भएको बताउनुभएको छ ।
पूर्वी मकवानपुरमा ९४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । राधा माधव समिति नेपाल अन्तर्गतको डिजाइन यूथ क्लब नेपाल मकवानपुरले बागमती गाउँपालिका–८ को भैरव प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको हो ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका-७ महभिरबाट वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–८ स्थित राजमार्ग छेउमा ढुवानी गर्न राखिएको खोटोले भरिएको टिनको कन्टर । यो क्षेत्रबाट बर्सेनि हजारौँ किलो खोटो सङ्कलन गरिन्छ ।
नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ।
अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ ।
गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बिच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिनुभयो ।
पार्टी प्यालेस र क्याटरिङ व्यवसाय सञ्चालनमा अवरोध गर्ने विभिन्न ऐन कानुन, नीतिहरू संशोधन गर्न सम्बद्ध व्यवसायीले माग गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताउनुभएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका-६ मैनापोखरीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।