• २९ वैशाख २०८१, शनिबार

प्रहरी नायब निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, पुस १९ गते । बर्दियाको बढैयाताल गाउँपालिका-६ मैनापोखरीस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साउदले लागूऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ३० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम जरिवानाको मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।